Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रास्वपा-उज्यालो नेपाल एकता १२ दिनमै भंग
अध्यक्षको जिम्मेवारी सम्हाल्दै अघि बढे कुलमान रास्वपा-उज्यालो नेपाल एकता १२ दिनमै भंग
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, पुस २७, २०८२
  • १४ पुसमा रास्वपा र उनेपाबीच सातबुँदे सहमति
  • सहमति कार्यान्वयन र पूरक सहमतिमा रवि अनिच्छुक बनेको आरोप
  • पदीय जिम्मेवारी, समानुपातिकतर्फको बन्दसूची, केन्द्रीय सदस्यसँगै केही सैद्धान्तिक र वैचारिक विषयमा पनि बेमेल

रास्वपाले एकतर्फी सहमति भंग ग¥यो । रास्वपाको वरीयतामा धेरै तल भए पनि सहेर गएको थिएँ । अब उज्यालो नेपाल पार्टीलाई मेरो नेतृत्वमा देशव्यापीरूपमा अगाडि बढाउँछु ।
कुलमान घिसिङ
अध्यक्ष, उज्यालो नेपाल पार्टी

काठमाडौं- पुराना राजनीतिक शक्तिलाई चुनौती दिने दाबीका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच भएको एकता १२ दिनमै भंग भएको छ । पदीय जिम्मेवारी बाँडफाँट, समानुपातिक सांसद संख्या, संगठनात्मक संरचनासँगै सैद्धान्तिक तथा वैचारिक असहमतिका कारण एकता कायम रहन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन् ।

रास्वपा र उज्यालो नेपालबीच भदौ २३ र २४ को जेन-जी आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र मेरिटोक्रेसीलाई आधार मानेर एकतासम्बन्धी सातबुँदे सहमति भएको थियो । सहमति भएको १४ पुसमा हो । सहमतिमा ‘सबै परिवर्तनकामी शक्तिहरूको सहकार्यमार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने,’ उल्लेख थियो । तर, सहकार्य दुई साता पनि टिकेन । 

केहीका लागि निर्वाचन र सम्भावितरूपमा हासिल हुने पदहरू तथा शक्ति बाँडफाँट प्राथमिकतामा पर्दै गर्दा त्यो एउटा एकता भंगको कारण भयो ।
मनिष झा
प्रवक्ता, राष्ट्रिय स्वतन्त्र पार्टी

Hardik health

शनिबारदेखि उनेपा अध्यक्ष भएका कुलमान घिसिङले दुई दलबीचको सहकार्य सहमति रास्वपाले एकतर्फी भंग गरेको दाबी गरे । उनेपाको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘रास्वपाले एकतर्फी सहमति भंग गर्‍यो । रास्वपाको वरीयतामा धेरै तल भए पनि सहेर गएको थिएँ । अब उज्यालो नेपाल पार्टीलाई मेरो नेतृत्वमा देशव्यापीरूपमा अगाडि बढाउँछु । समानुपातिकमा नमिले प्रत्यक्षमामात्रै चुनाव लड्नेछौं ।’

रास्वपाका प्रवक्ता मनिष झाले भने कुलमान घिसिङका पक्षबाट पार्टीको पदाधिकारीसहितका पदहरू धेरै माग गरिएकाले यस्तो स्थिति आएको बताए । ‘हामीले सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउने भनेको आगामी चुनावका लागिमात्र होइन, परिवर्तनका लागि हो,’ उनले प्रभावसँग भने, ‘तर केहीका लागि निर्वाचन र सम्भावित रूपमा हासिल हुने पदहरू तथा शक्ति बाँडफाँट प्राथमिकतामा पर्दै गर्दा त्यो एउटा कारण भयो ।’

रास्वपाका नेताहरूले उनेपासँगको सहकार्य सहमति भंग भएपछि घिसिङले पार्टी सभापति र प्रधानमन्त्री हुने भनेर ‘बार्गेनिङ’ गरेको दाबी गरिरहेका छन् । घिसिङले रास्वपा नेताहरूको उक्त दाबी खारेज गरिदिए । उनले रास्वपा नेताहरूले भ्रम फैलाएको भन्दै असन्तुष्टि जनाए । ‘हामीले प्रधानमन्त्री र सभापति पद मागेकै छैन । रास्वपाले त्यत्तिकै भ्रम फैलायो,’ उनले भने, ‘यसमा सत्यता छैन ।’

उसो त सातबुँदे सहमतिपछि नेतृत्व संरचना र पदाधिकारीको भूमिकालाई लिएर विवाद देखिएको थियो । सहमतिका चौथो बुँदामा रास्वपाको सभापति रवि लामिछाने नै रहने तथा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले उपसभापति रहने उल्लेख थियो । घिसिङले वरिष्ठ उपसभापति मागेका थिए । त्यो भनेको रविपछिको वरीयतामा घिसिङ रहन चाहन्थे । एक जना महामन्त्री पनि उनले मागेका थिए । तर, रास्वपा सभापति लामिछाने सहमतिपछि सकारात्मक नबनेको आरोप लगाए ।

रास्वपाका एक नेता प्रा.डा. महेन्द्रसुन्दर लावतीका अनुसार केन्द्रीय सदस्यको विषयले पनि विमति बढाएको हो । सुरुमा २१ जना केन्द्रीय सदस्य उनेपाबाट बनाउने भनिएको तर पछि १२ जनाभन्दा बढी बनाउन लामिछाने तयार भएनन् । यसबाहेक समानुपातिक उम्मेदवार छनोटका विषयमा पनि दुवै पक्षबीच मतभेद देखिएको थियो । उज्यालो नेपालले सुरुमा १८ जनाको नाम समेटिनुपर्ने माग गरेको थियो । अन्तिम सूचीमा १४ जनाको मात्र नाम परेपछि उज्यालो नेपालका केही नेताहरूले आपत्ति जनाएका थिए । त्यसमा नेता लावती पनि एक हुन् ।

रास्वपा प्रवक्ता झा उज्यालो नेपालबाट परिवारका सदस्य र आफन्तको नाम समानुपातिक सूचीमा राख्नेगरी आएको र त्यसले बदनामी बढ्ने भएकोले कम समेटिएको बताउँछन् । ‘समानुपातिक सूचीमा उहाँहरूका तर्फबाट जे-जस्ता नामहरू आए, प्रत्यक्षमा पनि सोही किसिमको अभ्यास गर्दा हामीलाई अगाडि गएर बदनामी हुन सक्ने जोखिम पनि भयो,’ उनले भने, ‘निकटका र आफन्तहरूलाई सांसद बनाउनेतर्फ लाग्यौं भने पहिलेभन्दा पनि खराब स्थिति हुने भयो ।’

घिसिङले रास्वपा प्रवक्ता झाको आरोपको खण्डन गरेका छन् । उनले उनेपाबाट लोकप्रिय र सार्वजनिक छवि उच्च भएको नेतालाई समानुपातिक सूचीमा सिफारिस गरेको जिकिर गरे । ‘हामीमाथि जे-जस्ता आरोप लगाइएका छन्, त्यो भ्रमपूर्ण छ,’ उनले भने, ‘हामीले त समाजमा लब्ध प्रतिष्ठित र सार्वजनिक छवि राम्रा भएका नेताहरूलाई सिफारिस गरेका थियौं ।’

घिसिङ शनिबार नै उनेपाको अध्यक्ष बनेका हुन् । यसअघि उनी संरक्षक थिए । पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय संयोजक थिए । उनकै नेतृत्वमा निर्वाचन आयोगमा गत महिना दल दर्ता भएको थियो । घिसिङ नागरिक सरकारको मन्त्री पनि भएका कारण उनले त्यसबेला आफ्नो नेतृत्वमा दल दर्ता गर्न चाहेनन् । तर, १४ पुसमा रास्वपासँग एकता गर्नेगरी सातबुँदे सहमति गर्दै उपसभापति हुने विषय सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनीसँगै सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई पदबाट राजीनामा दिन दबाब दिएकी थिइन् । लगत्तै घिसिङले राजीनामा दिए । 

त्यसपछि उनी र रविबीच पटक-पटक संवाद भयो । शनिबार पनि पाँच घण्टाजति संवाद भएको उनेपा नेता लावतीले बताए । तर, सातबुँदे सहमति कार्यान्वयन र उनेपाको तर्फबाट संघीयता, धर्मनिरपेक्षतालगायत सैद्धान्तिक विषयमा गर्न खोजिएको पूरक सहमतिप्रति रविको कठोर बनेको लावती बताउँछन् । उनका अनुसार त्यसले गर्दा नै पार्टीलाई एकताबद्ध गर्ने प्रक्रियामै अघि बढाउन सकिएन ।

अध्यक्ष घिसिङले अब उनेपालाई देशव्यापी संगठन बनाएर हाँक्ने बताएका छन् । ‘पार्टीको केन्द्रीय समितिको बैठकले मलाई अध्यक्षमा चयन गरेको छ । अब देशव्यापीरूपमा यो पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउँछु,’ उनले पत्रकार सम्मेलनमा भने । 
घिसिङको दलको समानुपातिक सांसद भने नहुने भएको छ । कारण, रास्वपासँग एकता सहमतिपछि उनेपाले निर्वाचन आयोगबाट पहिले बुझाएका बन्दसूची नै फिर्ता लिएको थियो । बन्दसूची बुझाउने समय अब छैन । त्यसो हुँदा उनेपाले प्रत्यक्षतर्फ केही ठाउँ चुनाव जित्दै थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दल बन्ने स्थिति भएको अवस्थामा समानुपातिक सांसद भने नहुने भएको हो ।

घिसिङ नेपालमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य गर्ने विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । त्यसैले उनले उज्याले नेपाल अभियानमार्फत सोही नाममा पार्टी दर्ता गराएका हुन् ।
 


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राप्रपाकाे चियापानमा पुगिन् प्रधानमन्त्री कार्की
राप्रपाकाे चियापानमा पुगिन् प्रधानमन्त्री कार्की आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
विशेष महाधिवेशनमा दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता आइतबार, पुस २७, २०८२
 नेपाली कांग्रेस महाधिवेशन : गगन र विश्वले गरे उद्घाटन
 नेपाली कांग्रेस महाधिवेशन : गगन र विश्वले गरे उद्घाटन आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु आइतबार, पुस २७, २०८२
बन्दसूची अद्यावधिक गर्न रास्वपा टोली पुगे निर्वाचन आयोग
बन्दसूची अद्यावधिक गर्न रास्वपा टोली पुगे निर्वाचन आयोग आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसकाे विशेष महाधिवेशन :बाजाबागासहित र्‍याली सुरु
नेपाली कांग्रेसकाे विशेष महाधिवेशन :बाजाबागासहित र्‍याली सुरु आइतबार, पुस २७, २०८२
विभाजनको डिलमा कांग्रेस
विभाजनको डिलमा कांग्रेस आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP