Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव
यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०८२

दुबई - साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर निकालेर अबुधाबी पुर्‍याएको गम्भीर आरोप लगाएको छ । यस आरोपले यमन युद्धका क्रममा सहकार्य गर्दै आएका खाडीका दुई शक्तिशाली छिमेकी राष्ट्रबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

साउदी सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) का नेता ऐदारस अल–जुबैदी डुङ्गामार्फत यमनबाट सोमालिया पुगेको र त्यहाँबाट युएईका अधिकारीहरूले उनलाई एमिरेट्सको राजधानी अबुधाबी लगेको दाबी गरिएको छ ।

युएईलाई एसटिसीको प्रमुख समर्थकका रूपमा हेरिँदै आएको छ, जसले हालै यमनका केही दक्षिणी प्रान्तमा आफ्नो प्रभाव विस्तार गर्दै अलगावको तयारी गरिरहेको देखिन्छ ।  साउदी सेनाका प्रवक्ता मेजर जनरल तुर्की अल–मल्कीले युएईका एक मेजर जनरल नै यस कथित भाग्ने कार्यमा संलग्न रहेको उल्लेख गरे । उनले प्रयोग गरिएको इल्युसिन इल-७६ विमान इथियोपिया, लिबिया र सोमालिया जस्ता द्वन्द्वग्रस्त क्षेत्रमा प्रयोग हुँदै आएको दाबी पनि गरे । साउदी पक्षले यसअघि युएईले ती क्षेत्रमा हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएको छ ।

Hardik health

यद्यपि युएईले ती आरोपहरू अस्वीकार गर्दै आएको छ र यस घटनाबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन । युएईको विदेश मन्त्रालय र एसटीसी दुवैले एपीको प्रतिक्रिया अनुरोधमा तुरुन्त जवाफ दिएका छैनन् । एसटिसीले भने बुधबारसम्म अल-जुबैदी एडनमै रहेको दाबी गरेको थियो ।

दक्षिणी यमन सन् २०२२ देखि अल–जुबैदीसहितको समूह राष्ट्रपति नेतृत्व परिषद् अन्तर्गत सञ्चालन हुँदै आएको थियो । तर यसै साता परिषद्ले उहाँलाई पदबाट हटाउँदै साउदी अरेबियामा वार्ताका लागि जान अस्वीकार गरेपछि देशद्रोहको आरोप लगाएको छ । यस कदमलाई साउदी अरेबियाले एसटिसीविरुद्ध लिएको कडा अडानको सङ्केतका रूपमा हेरिएको छ ।

लाल सागर र एडनको खाडीको सङ्गमस्थलमा रहेको यमनमा वर्षौंदेखि जारी युद्धमा लडाकू र सर्वसाधारण गरी एक लाख ५० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसले विश्वकै गम्भीर मानवीय सङ्कटमध्ये एक सिर्जना गरेको छ । यता, इरान समर्थित हुथी विद्रोहीहरूले गाजा युद्धको सन्दर्भमा अन्तर्राष्ट्रिय ढुवानीमाथि आक्रमण बढाएपछि विश्व व्यापारमा समेत असर परेको छ ।

यस विवादका बीच साउदी अरेबिया र युएईबीचको आर्थिक तथा क्षेत्रीय प्रतिस्पर्धा अझ चर्किने सङ्केत देखिएको छ । दुवै देश ओपेकका सदस्य र नजिकका साझेदार भए पनि यमन युद्ध पछिल्ला दशककै सबैभन्दा गम्भीर द्वन्द्वका रूपमा उभिएको विश्लेषकहरू बताउँछन् ।


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि सोमबार, माघ ५, २०८२
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन सोमबार, माघ ५, २०८२
भियतनाममा पार्टी काङ्ग्रेस सुरु
भियतनाममा पार्टी काङ्ग्रेस सुरु सोमबार, माघ ५, २०८२
जापानमा मध्यावधि चुनावको घोषणा हुने
जापानमा मध्यावधि चुनावको घोषणा हुने सोमबार, माघ ५, २०८२
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण सोमबार, माघ ५, २०८२
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो सोमबार, माघ ५, २०८२
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP