Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन
बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०८२
Energy Drink Energy Drink

एपी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डपछि देशभर बढ्दै गएको यहुदीविरोध (एन्टिसेमिटिज्म) को विस्तृत राष्ट्रिय अनुसन्धानको घोषणा गरेका छन्  ।

उक्त घटनामा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको थियो । प्रधानमन्त्री अल्बानिजका अनुसार यो अनुसन्धान शाही आयोगका रूपमा सञ्चालन हुनेछ, जुन अस्ट्रेलियामा सम्भव सबैभन्दा उच्चस्तरीय र स्वतन्त्र सार्वजनिक छानबिन मानिन्छ । बिहीबार क्यानबेरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आयोगको नेतृत्व उच्च अदालतकी पूर्वन्यायाधीश भर्जिनिया बेलले गर्ने जानकारी दिए।

उनका अनुसार आयोगले अस्ट्रेलियामा यहुदीविरोधको प्रकृति, यसको व्यापकता र यसलाई बढावा दिने कारकहरूबारे गहिरो अध्ययन गर्नेछ । साथै, बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डका पृष्ठभूमि, परिस्थितिहरू र त्यससँग जोडिएका कारणहरूको समेत विस्तृत अनुसन्धान गरिनेछ । आयोगले कानून कार्यान्वयन सुधार, सामाजिक एकता मजबुत बनाउने उपाय तथा चरमपन्थको फैलावट रोक्ने रणनीतिबारे सिफारिसहरू पनि प्रस्तुत गर्नेछ ।

Ncell
Hardik health

हनुक्का पर्व मनाइरहेका बेला सिड्नीको एक प्रमुख स्थानमा भएको उक्त आक्रमणको एक वर्ष पूरा हुने मिति डिसेम्बर १४ भित्र आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री अल्बानिजले बताए । “यो स्पष्ट रूपमा यहुदीविरोधी आतङ्कवादी आक्रमण थियो”, प्रधानमन्त्री अल्बानिजले भने, “यो यहुदी अस्ट्रेलियाली समुदायलाई लक्षित थियो र इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । अस्ट्रेलियाको भूमिमा यस प्रकारको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो ।”

उक्त घटनाका जीवित संदिग्ध २४ वर्षीय नावीद अकरममाथि हत्या र आतङ्कवादसहित दर्जनौँ आपराधिक अभियोग दर्ता गरिएको छ । उनले अहिलेसम्म अभियोग स्वीकार वा अस्वीकारसम्बन्धी निवेदन दिएका छैनन् । घटनाका क्रममा उनका पिता साजिद अकरमलाई प्रहरीले गोली हानेर मारिएको थियो ।

यसअघि न्यु साउथ वेल्स राज्यस्तरीय अनुसन्धानको सट्टा राष्ट्रिय शाही आयोग गठन गर्न राजनीतिक दलका सांसदहरू, यहुदी समुदायका नेताहरू तथा खेलकुद र सार्वजनिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूले हप्तौँदेखि दबाब दिँदै आएका थिए । प्रारम्भमा प्रधानमन्त्री अल्बानिजले यति ठूलो अनुसन्धान लामो समय लाग्ने भन्दै हिचकिचाहट देखाएका थिए । तर बिहीबार उहाँले दबाबका कारण आफ्नो धारणा बदलेको भन्ने आरोपलाई अस्वीकार गरे । 

“मैले जनताको आवाज सुनेको छु”, उनले भने, “लोकतन्त्रमा यो सकारात्मक कुरा हो ।” प्रधानमन्त्री अल्बानिजले गोलीकाण्डलगत्तै अस्ट्रेलियाका सुरक्षा र कानून प्रवर्तन निकायहरूले सुरु गरेको अनुसन्धान शाही आयोगकै प्रक्रियामा समेटिने जानकारी दिए । साथै, उनले घटनापछि नयाँ विधायी एजेन्डा अघि बढाउने योजना पनि सार्वजनिक गरेका छन् । यसमा अस्ट्रेलियाका पहिले नै कडा बन्दुकसम्बन्धी कानूनहरूलाई थप कडा बनाउने र तथाकथित घृणा फैलाउने अभिव्यक्तिलाई आपराधिक कसुरका रूपमा परिभाषित गर्ने प्रावधान समावेश हुने बताइएको छ, जुन हालका कानूनमा अभियोजनका लागि पर्याप्त कडा नभएको सरकारको ठहर छ ।


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP