Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०८२

नेपाली कांग्रेसमा अहिले विशेष महाधिवेशनको तयारी तीव्र रुपमा बढिरहेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गरेसँगै यो प्रक्रिया अगाडि बढेको थियो । गत भनौ २३ र २४ गते जेन-जी विद्रोह भयो । उक्त विद्रोहको प्रश्न थियो, कांग्रेसमा नेतृत्व फेरिनुपर्छ । हुन पनि कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल मंसिरमै सकिँदै थियो ।

यही अनुसार नियमित महाधिवेशन आयोजनाका लागि दबाब दिन संस्थापनइतरले हस्ताक्षर अभियान थाले । धेरैजसो महाधिवेशन प्रतिनिधिले यसलाई स्वागत गरे । उनीहरुको समर्थन रह्यो । उनीहरुको माग थियो फागुन २१ गते निर्वाचनमा जाँदा कांग्रेसले नेतृत्व फेर्नुपर्छ । तर कांग्रेसको नेतृत्व तहमा बसेकाले यो मागको सुनुवाई गर्ने छाँट देखाएन । बरु विशेष महाधिवेशन पक्षधरलाई नजरअन्दाज गर्ने काम गरिरह्यो ।

विशेष पक्षधरलाई अल्मल्याउने संस्थापनले पुसका अन्तिमका लागि पनि महाधिवेशनको कार्यतालिका ल्यायो । अहिले त हुँदाहुँदा संस्थापनइतका नेता डा शेखर कोइराला पनि संस्थापन पक्षसँग मिल्यो । परिवर्तन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा विशेष महाधिवेशन तयारी गरिसकेको छ । विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागेमा महाधिवेशन बोलाउनैपर्ने बाध्यता छ ।

Hardik health

तर केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन मानेन । हुँदाहुँदा अन्तिम अवस्थामा आएर महामन्त्रीहरुलाई विशेष महाधिवेशन फिर्ता गर्न दबाबसमेत दिइयो । विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन माग्दा केन्द्रले यसलाई रोक्ने काम गरिरहेको छ । केन्द्रीय कार्यसम्पादन समितिले यसलाई अवैधानिक नै भनेको छ भने रोक्नसमेत अपिल गरेको छ । 

केन्द्रीय समितिमा संस्थापन पक्षको ९५ प्रतिशतभन्दा बढी पदाधिकारी र केन्द्रीय सदस्य छन् । तर दुई महामन्त्रीसँग संस्थापन आत्तिएको छ । कारण दुई महामन्त्रीले मागेको विशेष महाधिवेशन विधानतः बलियो छ । यसैले पनि केन्द्र यो महाधिवेशनसँग डराएको छ । अहिले देउवा कहिले शेखरसँग सल्लाह माग्छन् त कहिले बैठक डाक्छन् । कहिले महाराजगञ्जमा शीर्ष नेतासँग छलफल चलाउँछन् । यस्तो अवस्थामा कांग्रेस नेता कार्यकर्ता भने अन्योलमा परेका छन् । यद्यपि प्रश्नबाट नै पार्टी गतिशील बन्छ ।

नेतृत्व जवाफदेही बन्नैपर्छ । यसो भएमा दल पनि बलियो बन्दै जान्छ । तर आवाज थुन्ने काम भने नेतृत्वले गर्न हुन्न । अहिले महामन्त्रीहरुले पार्टीलाई पुननिर्माण गर्नुपर्छ भनेर चलाएको अभियानले कांग्रेस सबल बन्दै जानेछ । यसखालको कार्यमा नेतृत्व तहले समन्वयको भूमिका खेल्दै असन्तुष्टिहरुको निवारण प्रयास जारी राख्नुपर्दछ । 
 


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP