- संविधानसभा निर्वाचन (२०६४) रोल्पा-२ र काठमाडौं-१०
- संविधानसभा निर्वाचन (२०७०) काठमाडौं-१० र सिरहा-५
- प्रतिनिधिसभा निर्वाचन (२०७४) चितवन-३
- प्रतिनिधिसभा निर्वाचन (२०७९) गोरखा-२
- प्रतिनिधिसभा निर्वाचन (२०८२) कता ?
- ३७ वर्षदेखि पार्टी संगठनको केन्द्रमा रहेका दाहालले संसदीय राजनीतिमा एउटा अनौठो अभ्यास स्थापित गरेका छन्, त्यो हो कुनै पनि निर्वाचन क्षेत्रमा दोहो¥याएर चुनाव नलड्ने
- दाहाल निर्वाचन क्षेत्रमात्रै होइन, पार्टीको नाम पनि उत्तिकै फेर्ने नेता हुन्
- कतिसम्म भने उनले आफ्नो उपनाम पनि पटकपटक फेरे । विद्यालय जीवनमा उनी छविलाल थिए । जतिबेला भूमिगत भए, त्यसबेला उनको नाम कहिले कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्ड भयो
- ३७ वर्षदेखि पार्टी संगठनको केन्द्रमा रहेका दाहालले संसदीय राजनीतिमा एउटा अनौठो अभ्यास स्थापित गरेका छन्, त्यो हो कुनै पनि निर्वाचन क्षेत्रमा दोहो¥याएर चुनाव नलड्ने
- दाहाल निर्वाचन क्षेत्रमात्रै होइन, पार्टीको नाम पनि उत्तिकै फेर्ने नेता हुन्
- कतिसम्म भने उनले आफ्नो उपनाम पनि पटकपटक फेरे । विद्यालय जीवनमा उनी छविलाल थिए । जतिबेला भूमिगत भए, त्यसबेला उनको नाम कहिले कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्ड भयो
काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल पाचौँपटक निर्वाचन लड्दैछन् । निर्वाचन लड्न उनको नाम माओवादी सशस्त्र विद्रोहको केन्द्र मानिने रुकुमपूर्वलगायत जिल्लाबाट उम्मेदवारमा सिफारिस भएको छ ।
दाहाल विघटित प्रतिनिधिसभामा गोरखा-२ बाट निर्वाचित भएका थिए । यसपटक उनी निर्वाचन क्षेत्र फेर्ने तयारीमा छन् । सोहीअनुसार गोरखा-२ बाट यसपटक लेखनाथ न्यौपानेको नाम सिफारिस भएको छ । यससँगै दाहालको राजनीतिक यात्रामा अर्को ‘सिट सिफ्ट’ निश्चितजस्तै देखिएको छ ।
नेता लिलामणि पोखरेलले प्रभावसँग भने, ‘आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट दाहाल कमरेडको नाम सिफारिस भएन, नभएपछि उहाँ सिफारिस भएकामध्ये कुनै क्षेत्रबाट लड्नुहुन्छ ।’ गोरखा-२ मा न्यौपाने चुनावी अभियानमा सक्रिय भइसकेका छन् । पार्टीभित्र दाहालले पनि आन्तरिक रूपमा त्यही सन्देश दिइरहेका छन् । तर, आफू कहाँबाट लड्ने भन्ने प्रश्नमा भने उनी मौन छन् । उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा पनि शीर्ष नेता स्वयं अनिर्णयमा रहनु नेकपाभित्र चासो र अन्योल दुवैको विषय बनेको छ ।

३७ वर्षदेखि पार्टी संगठनको केन्द्रमा रहेका दाहालले संसदीय राजनीतिमा एउटा अनौठो अभ्यास स्थापित गरेका छन्, कुनै पनि निर्वाचन क्षेत्रमा दोहो¥याएर चुनाव नलड्ने । १० वर्षे सशस्त्र संघर्षपछि खुला राजनीतिमा आएयता उनी प्रत्येक निर्वाचनमा नयाँ भूगोल रोज्दै आएका छन् । यसपटक रुकुमपूर्वसँगै सिन्धुलीबाट दाहालको नाम सिफारिस भएको छ । रुकुम पूर्व नेकपाको बलियो पकड भएको जिल्ला मानिन्छ । तीन पालिका मात्रै रहेको यस जिल्लामा मतदाता संख्या पनि कम छ । २०७९ को निर्वाचनमा माओवादीका पूर्ण घर्ती १२ हजार २ सय ६२ मतसहित विजयी भएका थिए । हाल यहाँ ३४ हजार ९ सय ६३ मतदाता छन् । यही कारण दाहालका लागि रुकुम पूर्व ‘सुरक्षित विकल्प’का रूपमा हेरिएको छ ।
गोरखा-२ बाट उम्मेदवारी दर्ता गर्दा दाहालले आफू देशका धेरै भूगोलबाट चुनाव लड्ने नेता भएको गर्व गरेका थिए । रोल्पा, काठमाडौं, सिरहा र चितवन हुँदै गोरखा आइपुगेको उनको चुनावी यात्रा नेपाली राजनीतिमा विरलै देखिने खालको छ । उनको यो यात्रा जित-हार दुवैको कथा हो । २०६४ सालमा रोल्पा-२ र काठमाडौं-१० दुवैबाट विजयी भए । २०७० मा काठमाडौं-१० बाट पराजित भए पनि सिरहा-५ बाट संसद छिरे । २०७४ मा चितवन-३ बाट भारी मतका साथ विजयी भए भने २०७९ मा गोरखा-२ रोजे ।
राजनीतिक विश्लेषक भीम भुर्तेल दाहालले असुरक्षाको कारण निर्वाचन क्षेत्र फेर्ने गरेको बताउँछन् । ‘यसमा धेरै घोत्लिनु पर्दैन कि प्रचण्डले निर्वाचन क्षेत्र फेरिरहनुको कारण असुरक्षा नै हो, उनी अर्कोपटक पराजित भइन्छ कि भन्ने भयले चुनाव लड्न चाहँदैनन्,’ उनले भने ।
दाहाल निर्वाचन क्षेत्रमात्रै होइन, पार्टीको नाम पनि उत्तिकै फेर्ने नेता हुन् । उनले युद्धताका नेकपा माओवादी पार्टीको नाममा नेतृत्व गरे । २०६४ सालपछि संविधानसभामा पहिलो दल भइसकेपछि नारायणकाजी श्रेष्ठको नेकपा संयुक्तसँग एकता गरेपछि एकीकृत नेकपा माओवादी बनाए । २०७४ अघि माओवादीबाट पहिले विभाजित भएका दल वा समूहलाई एकता प्रक्रियामा ल्याएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखे । गत मंसिरको तेस्रो सातादेखि भने विभिन्न दललाई एकता प्रक्रियामा ल्याएर नेपाली कम्युनिस्ट पार्टी बनाए ।
कतिसम्म भने उनले नाम पनि पटकपटक फेरे । विद्यालय जीवनमा उनी छविलाल दाहाल थिए । जतिबेला भूमिगत भए, त्यसबेला उनको नाम कहिले कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्ड भयो । यसरी निर्वाचन क्षेत्र, पार्टी नाम, आफ्नो नाम पटकपटक फेर्ने दाहालले सत्ताबाहिर छँदा विभिन्न दलहरूको गठबन्धन बनाउने र सत्तामा जाँदा पनि गठबन्धन गर्ने र फेर्ने आचरण देखाउने गरेका छन् । यसले दाहाल ‘अस्थिर’ र परिवर्तनशील दुबै नेताको रूपमा देखाएको छ ।