Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु
अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २४, २०८२
Energy Drink Energy Drink

एएफपी- युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रहरूसँग सहकार्य निरन्तर जारी राख्ने स्पष्ट गरे  ।

इयुका जलवायु आयुक्त वोप्के होक्स्ट्राले बिहीबार प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) सहित दर्जनौँ अन्तर्राष्ट्रिय सङ्गठन र सन्धिहरूबाट अमेरिका बाहिरिने निर्णय सार्वजनिक गरेपछि पनि युरोपको प्रतिबद्धता कमजोर नहुने बताए  ।

सन् १९९२ मा पारित युएनएफसिसिसी सन्धि हरितगृह ग्यास उत्सर्जन घटाउने, विश्व तापक्रम नियन्त्रण गर्ने तथा जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गर्न राष्ट्रहरूलाई सहकार्यका लागि एक साझा आधार उपलब्ध गराउने उद्देश्यले गरिएको विश्वव्यापी सम्झौता हो ।

Ncell
Hardik health

आयुक्त होक्स्ट्राले युएनएफसिसिसीले ‘विश्वव्यापी जलवायु कार्यलाई समर्थन गर्ने आधारशिला’ को भूमिका खेलेको उल्लेख गर्दै यसबाट अमेरिका पछि हट्नु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । “विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र दोस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता राष्ट्रले यस्तो आधारभूत सन्धिबाट पछि हट्ने निर्णय खेदजनक र दुर्भाग्यपूर्ण छ”, होक्स्ट्राले सामाजिक सञ्जाल लिङ्कडइनमा लेखेका  छन्, “हाम्रो साझा समझदारी र कामको आधारका रूपमा इयु अन्तर्राष्ट्रिय जलवायु अनुसन्धानलाई स्पष्ट रूपमा समर्थन गर्न निरन्तर रहनेछ । साथै, अन्तर्राष्ट्रिय जलवायु सहकार्यमा पनि हामी सक्रिय रूपमा काम गरिरहनेछौँ ।”

आफ्नो घरेलु नीतिमा जीवाश्म इन्धनलाई प्राथमिकता दिँदै आएका राष्ट्रपति ट्रम्पले मानव गतिविधिका कारण पृथ्वी तातिरहेको छ भन्ने वैज्ञानिक सहमतिलाई खुलेर अस्वीकार गर्दै जलवायु विज्ञानलाई ‘झुटो’ भन्दै आलोचना गर्दै आएका  छन् । उनको प्रशासनले नोभेम्बरमा ब्राजिलमा सम्पन्न पछिल्लो संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनमा कुनै पनि आधिकारिक प्रतिनिधि पठाएको थिएन । उक्त सम्मेलन प्रत्येक वर्ष युएनएफसिसिसीको छातामुनि आयोजना हुँदै आएको छ ।

यसैबीच, स्वच्छ ऊर्जा रूपान्तरणका लागि इयुकी उपाध्यक्ष टेरेसा रिबेराले ट्रम्प प्रशासनले वातावरण, जनस्वास्थ्य वा आम मानिसको पीडाप्रति ‘कुनै चासो नदेखाएको’ आरोप लगाए । “शान्ति, न्याय, सहयोग वा समृद्धि यी प्रशासनका प्राथमिकतामै छैनन्”, उनले सामाजिक सञ्जाल ब्लुज्कीमा लेखेका थिए  । राष्ट्रपति ट्रम्प सत्तामा फर्किएपछि ऐतिहासिक पेरिस जलवायु सम्झौताबाट पनि अमेरिका बाहिरिसकेको छ । उनले सन् २०१७ देखि २०२१ सम्मको आफ्नो पहिलो कार्यकालमा गरेको निर्णयलाई पछि उनका उत्तराधिकारी, डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनले उल्टाएका थए  ।

युएनएफसिसिसीजस्तो आधारभूत सन्धिबाट बाहिरिने अमेरिकी कदमले भविष्यमा कुनै पनि प्रशासनले पुनः सामेल हुन खोज्दा थप कानूनी जटिलता र अनिश्चितता सिर्जना गर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP