Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #प्राइम_टाइल्स
  • #बेबी_वार्मर
  • #मन्त्रिपरिषद बैठक
Search Here
विश्व
  • Home
  • विश्व
  • यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव
यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २४, २०८२

एपी- साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर निकालेर अबुधाबी पुर्‍याएको गम्भीर आरोप लगाएको छ । यस आरोपले यमन युद्धका क्रममा सहकार्य गर्दै आएका खाडीका दुई शक्तिशाली छिमेकी राष्ट्रबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हाे  ।

साउदी सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) का नेता ऐदारस अल-जुबैदी डुङ्गामार्फत यमनबाट सोमालिया पुगेको र त्यहाँबाट युएईका अधिकारीहरूले उनलाई एमिरेट्सको राजधानी अबुधाबी लगेको दाबी गरिएको छ । युएईलाई एसटिसीको प्रमुख समर्थकका रूपमा हेरिँदै आएको छ, जसले हालै यमनका केही दक्षिणी प्रान्तमा आफ्नो प्रभाव विस्तार गर्दै अलगावको तयारी गरिरहेको देखिन्छ ।

साउदी सेनाका प्रवक्ता मेजर जनरल तुर्की अल-मल्कीले युएईका एक मेजर जनरल नै यस कथित भाग्ने कार्यमा संलग्न रहेको उल्लेख गर्नुभयो । उहाँले प्रयोग गरिएको इल्युसिन इल-७६ विमान इथियोपिया, लिबिया र सोमालिया जस्ता द्वन्द्वग्रस्त क्षेत्रमा प्रयोग हुँदै आएको दाबी गरे । साउदी पक्षले यसअघि युएईले ती क्षेत्रमा हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएको छ ।

Hardik health

यद्यपि युएईले ती आरोपहरू अस्वीकार गर्दै आएको छ र यस घटनाबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन । युएईको विदेश मन्त्रालय र एसटीसी दुवैले एपीको प्रतिक्रिया अनुरोधमा तुरुन्त जवाफ दिएका छैनन् । एसटिसीले भने बुधबारसम्म अल-जुबैदी एडनमै रहेको दाबी गरेको थियो ।

दक्षिणी यमन सन् २०२२ देखि अल-जुबैदीसहितको समूह राष्ट्रपति नेतृत्व परिषद् अन्तर्गत सञ्चालन हुँदै आएको थियो । तर यसै साता परिषद्ले उनलाई पदबाट हटाउँदै साउदी अरेबियामा वार्ताका लागि जान अस्वीकार गरेपछि देशद्रोहको आरोप लगाएको छ । यस कदमलाई साउदी अरेबियाले एसटिसीविरुद्ध लिएको कडा अडानको सङ्केतका रूपमा हेरिएको छ ।

लाल सागर र एडनको खाडीको सङ्गमस्थलमा रहेको यमनमा वर्षौंदेखि जारी युद्धमा लडाकू र सर्वसाधारण गरी एक लाख ५० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसले विश्वकै गम्भीर मानवीय सङ्कटमध्ये एक सिर्जना गरेको छ । यता, इरान समर्थित हुथी विद्रोहीहरूले गाजा युद्धको सन्दर्भमा अन्तर्राष्ट्रिय ढुवानीमाथि आक्रमण बढाएपछि विश्व व्यापारमा समेत असर परेको छ ।

यस विवादका बीच साउदी अरेबिया र युएईबीचको आर्थिक तथा क्षेत्रीय प्रतिस्पर्धा अझ चर्किने सङ्केत देखिएको छ । दुवै देश ओपेकका सदस्य र नजिकका साझेदार भए पनि यमन युद्ध पछिल्ला दशककै सबैभन्दा गम्भीर द्वन्द्वका रूपमा उभिएको विश्लेषकहरू बताउँछन् ।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव
यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव शुक्रबार, पुस २५, २०८२
बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन
बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन शुक्रबार, पुस २५, २०८२
अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून
अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून शुक्रबार, पुस २५, २०८२
अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु
अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु बिहीबार, पुस २४, २०८२
रूसी आक्रमणका कारण युक्रेनमा दश लाख मानिसहरु पानी र बिद्युतबाट वञ्चित
रूसी आक्रमणका कारण युक्रेनमा दश लाख मानिसहरु पानी र बिद्युतबाट वञ्चित बिहीबार, पुस २४, २०८२
“साल्ट लेक सिटी” मा गोली चल्दा दुई जनाको मृत्यु, अन्य घाइते
“साल्ट लेक सिटी” मा गोली चल्दा दुई जनाको मृत्यु, अन्य घाइते बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP