काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ स्थानीय परिवेश अनुसार विद्यालयस्तर र संघ-संस्था तहमा पनि दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ ।
दिवस मनाउन मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा रहेको मूल समारोह उपसमितिले दिवसका दिन यससँग सम्बन्धित संघसंस्थालाई एक घन्टा नजिकको पायकपर्ने विद्यालयमा योग-ध्यानसम्बन्धी प्रवचन र अभ्यास गराउन आग्रह गरिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद अर्यालले जानकारी दिए। हरेक जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ भने राष्ट्रिय योग दिवस हरेक माघ १ गते मनाइन्छ ।