Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • पेट्रो-ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा
पेट्रो-ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २४, २०८२
Energy Drink Energy Drink

एपी- भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पुर्‍याएको छ ।  यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लङ्घन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन्  ।

अमेरिकाको ऐतिहासिक रूपमा निकट सहयोगी रहँदै आएको कोलम्बियाबाट यस्तो तीव्र प्रतिक्रिया आउनु असामान्य मानिएको छ । विगत तीन दशकदेखि लागुऔषध तस्करी नियन्त्रण, विद्रोही समूहविरुद्धको कारबाही र ग्रामीण विकासका क्षेत्रमा संयुक्त राज्य अमेरिका र कोलम्बियाबीच गहिरो सहकार्य हुँदै आएको छ । यही सहकार्यअन्तर्गत वासिङ्टनले कोलम्बियालाई अर्बौं डलरको सहायता प्रदान गरेको छ ।

तर राष्ट्रपति पेट्रोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अमेरिकी नियन्त्रणलाई खुलेर विरोध गरेपछि उहाँ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शब्दयुद्ध चर्कियो । ट्रम्पले कोलम्बियामा अमेरिकी सैन्य कारबाही ‘उचित हुन सक्ने’ टिप्पणी गरेपछि पेट्रोले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न जनतालाई सडकमा उतार्न आह्वान गर्नुभयो । त्यसको प्रत्युत्तरमा हजारौँ कोलम्बियालीहरू सार्वजनिक चोकहरूमा भेला भई ‘स्वतन्त्र र सार्वभौम कोलम्बिया अमर रहोस्’ भन्ने नारा लगाए ।

Ncell
Hardik health

तर सबैलाई चकित पार्दै विरोध प्रदर्शनकै दिन राष्ट्रपति पेट्रोले आफ्नो अघिल्लो कडा अभिव्यक्ति नरम पार्दै राष्ट्रपति ट्रम्पसँग भएको मैत्रीपूर्ण टेलिफोन वार्ताको जानकारी दिए  । उनले दुवै सरकारबीच प्रत्यक्ष संवाद पुनःस्थापित गर्न आग्रह गरेको र संवाद नहुँदा द्वन्द्वको खतरा बढ्ने चेतावनी दिएकाे बताए। राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत पेट्रोसँगको कुराकानीलाई ‘सम्मानजनक’ भन्दै उनलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका थिए  । लामो समयदेखि एक-अर्काप्रति कठोर टिप्पणी गर्दै आएका यी दुई नेताबीच अचानक देखिएको शान्तिले व्यावहारिक स्वार्थका लागि वैचारिक मतभेद पन्छाउन सक्ने सङ्केत दिएको विश्लेषकहरू बताउँछन् ।

कोलम्बियाका लागि अमेरिकी सहयोग अझै पनि विद्रोही र लागुऔषध तस्करविरुद्धको लडाइँमा अत्यन्त महत्त्वपूर्ण छ भने अमेरिकाका लागि कोलम्बिया क्यारिबियन क्षेत्रमा लागुऔषध रोकथामको प्रमुख आधार बनेको छ । वासिङ्टनस्थित थिङ्क ट्याङ्कका विज्ञहरूका अनुसार कोलम्बियाली कूटनीतिज्ञ र निजी क्षेत्रले पनि सम्बन्ध पूर्णरूपमा बिग्रन नदिन सक्रिय भूमिका खेलेका छन् । यसअघि राष्ट्रपति ट्रम्पले पेट्रोलाई ‘अन्तर्राष्ट्रिय लागुऔषध नेता’ भन्दै कडा शब्द प्रयोग गरेका थिए । कोलम्बियाली अधिकारीहरूको अमेरिकी भिसा रद्द गर्ने, आर्थिक सहायता रोक्ने र निर्यातमा दण्डात्मक शुल्क लगाउने धम्कीसमेत दिइएको थियो । यसले कोलम्बियामा अमेरिकी हस्तक्षेपको सम्भावनालाई लिएर गम्भीर चिन्ता बढाएको थियो ।

यद्यपि विज्ञहरू लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति पेट्रोविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य कारबाही हुने सम्भावनालाई कम आँक्छन् । त्यसबीच कोलम्बियाका रक्षा र कूटनीतिक अधिकारीहरूले सहकार्य जारी रहने सन्देश दिँदै तनाव कम गर्न प्रयास गरेका छन् ।
अन्ततः राष्ट्रपति पेट्रोले वार्तामार्फत शान्ति नै प्राथमिकता भएको स्पष्ट पार्दै नागरिकहरूलाई ढुक्क हुन आग्रह गरे । हाल उनको सम्भावित ह्वाइट हाउस भ्रमणको तयारी अघि बढिरहेको छ, यद्यपि त्यसका लागि औपचारिक कूटनीतिक प्रक्रिया अझै पूरा हुन बाँकी छ ।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP