Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानको कडा चेतावनी
इरानको कडा चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २३, २०८२
Energy Drink Energy Drink

एएफपी- संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा भइरहेका सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको पृष्ठभूमिमा इरानका सैन्य प्रमुखले बुधबार कडा चेतावनी दिएका छन् । उनले इरान बाहिरी शक्तिहरूको दबाब र धम्की सहेर चुप लागेर नबस्ने स्पष्ट सन्देश दिएका हुन् ।

फार्स समाचार एजेन्सीका अनुसार इरानी सेनाका कमान्डर जनरल अमिर हातमीले इस्लामिक गणतन्त्र इरानले इरानी राष्ट्रविरुद्ध भइरहेको शत्रुतापूर्ण बयानबाजीको बढ्दो प्रवृत्तिलाई गम्भीर खतरा ठान्ने बताए  । उनले भने, “इरानले यस्ता धम्की र शत्रुतापूर्ण अभिव्यक्तिलाई प्रतिक्रिया नदिई निरन्तर सहन सक्दैन ।”

इरानी सेनाका वरिष्ठ कमान्डर भए पनि सबैभन्दा उच्च राजनीतिक अधिकारी नभएका जनरल हातमीले चेतावनी दिँदै यदि ‘शत्रुहरूले कुनै गल्ती गरे’ भने इरानको प्रतिक्रिया गत जुनमा इजरायलसँग भएको १२ दिने युद्धको तुलनामा अझै कडा र शक्तिशाली हुने चेतावनी दिए  ।

Ncell
Hardik health

हालैका दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीहरू मारिएमा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गर्ने धम्की दिएका थिए  । उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा भइरहेको विरोध प्रदर्शनप्रति समर्थन व्यक्त गरे  ।

गत डिसेम्बर २८ मा तेहरानका व्यापारीहरूले बढ्दो महँगी र इरानी मुद्रा रियालको तीव्र अवमूल्यनको विरोधमा प्रदर्शन गरेका थिए । त्यसपछि देशका अन्य धेरै सहरमा पनि यस्तै खालका प्रदर्शन फैलिएका थिए, जसमा केही घटनाहरू घातकसमेत भएका छन् ।
विवादित निर्वाचनपछि सन् २००९ मा भएको व्यापक सडक आन्दोलनबाहेक, हालका प्रदर्शनहरू सन् २०२२ देखि २०२३ सम्म चलेको आन्दोलनको स्तरसम्म भने पुग्न सकेका छैनन् ।

तथापि, आर्थिक कारणले सुरु भएका यी विरोध प्रदर्शनहरूले इस्लामिक गणतन्त्र इरानका अन्तर्राष्ट्रिय विरोधी राष्ट्रहरू र तिनका नेताहरूको विशेष ध्यान आकर्षित गरेका छन् । आइतबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, “हामी यसलाई धेरै नजिकबाट हेरिरहेका छौँ । यदि उनीहरूले विगतमा जस्तै मानिसहरूलाई मार्न थाले भने, मलाई लाग्छ उनीहरूले संयुक्त राज्य अमेरिकाबाट निकै गम्भीर प्रतिक्रिया भोग्नुपर्नेछ ।”

यसैबीच, प्रधानमन्त्री नेतान्याहुले इजरायली मन्त्रिपरिषद् बैठकमा भने, “हामी इरानी जनताको सङ्घर्षसँग, उनीहरूको स्वतन्त्रता र न्यायका लागि गरिएको आकांक्षासँग ऐक्यबद्ध छौँ ।” सोमबार इरानी विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहुले हिंसा भड्काउने प्रयास गरेको र इरानको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको आरोप लगाएको थियो ।

गत जुन महिनामा इरानी सैन्य तथा आणविक संरचनामाथि भएको अभूतपूर्व इजरायली आक्रमणसँगै दुवै देशबीच युद्ध सुरु भएको थियो । सो क्रममा इरानका तीन प्रमुख आणविक स्थलहरूमा आक्रमण गर्दै संयुक्त राज्य अमेरिकाले पनि केही समयका लागि सैन्य कारबाहीमा सहभागिता जनाएको थियो ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP