Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न चीनको सहयोग माग
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न चीनको सहयोग माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २३, २०८२
Energy Drink Energy Drink

एएफपी- दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गरेका छन् । उनले सही परिस्थितिमा प्योङयाङको सामूहिक विनाशका हतियार विकासलाई ‘स्थगन (फ्रिज)’ गर्न सकिने सम्भावना रहेको धारणा पनि राखेका हुन् ।

लीको यो भ्रमण छ वर्षपछि कुनै दक्षिण कोरियाली राष्ट्रपतिले चीनमा गरेको पहिलो औपचारिक भ्रमण हो । सियोलले यस अवसरलाई चीनसँगको सम्बन्ध पुनःस्थापना गर्नुका साथै उत्तर कोरियासँग जटिल बन्दै गएको परिस्थितिमा कूटनीतिक सहयोग खोज्ने प्रयत्नका रूपमा लिएको छ । चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो ।

आणविक हतियार सम्पन्न उत्तर कोरियाले जापान सागरमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि सोमबार राष्ट्रपति लीले बेइजिङमा राष्ट्रपति सीसँग भेट गरेका थिए । भेटपछि भ्रमण सम्पन्न गर्दै साङ्घाईमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्योङयाङलाई पुनः वार्ताको टेबलमा फर्काउन चीनले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।

“मैले राष्ट्रपति सीसँग कोरियाली प्रायद्वीप, विशेषगरी उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी विषयमा चीनले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्नेबारे छलफल गरेको छु”, लीले भने । उनकाअनुसार हाल उत्तर कोरियासँग संवादका सबै औपचारिक च्यानलहरू पूर्ण रूपमा अवरुद्ध अवस्थामा छन् ।

Ncell
Hardik health

“हामी चीनले शान्तिका लागि प्रभावकारी मध्यस्थको भूमिका खेलोस् भन्ने आशा राख्छौँ”, उनकाे भनाइ थियो । राष्ट्रपति लीका अनुसार राष्ट्रपति सीले दक्षिण र उत्तर कोरियाबीचको सम्बन्ध बिग्रनुका कारणबारे प्योङयाङप्रति ‘धैर्य’ देखाउन सियोललाई आग्रह गरेका थिए । यस सन्दर्भमा लीले विगत लामो समयसम्म दक्षिण कोरियाले उत्तर कोरियाले खतरा ठान्ने खालका सैन्य गतिविधिहरू सञ्चालन गर्दै आएको स्वीकार गरे।

राष्ट्रपति लीले प्योङयाङलाई केही प्रकारको ‘क्षतिपूर्ति’ को बदलामा आफ्नो आणविक कार्यक्रम स्थगित गर्न सकिने प्रस्तावसमेत अघि सारेका छन् । उनका अनुसार हालको अवस्थामा उत्तर कोरियाले आणविक हतियारको थप उत्पादन नगर्ने, विदेशमा आणविक सामग्री हस्तान्तरण नगर्ने र अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) को थप विकास नगर्ने प्रतिबद्धता जनाउनु नै प्रारम्भिक रूपमा फाइदाजनक हुनसक्छ ।

“दीर्घकालीन रूपमा भने हामीले आणविक हतियारमुक्त कोरियाली प्रायद्वीपको लक्ष्य कहिल्यै त्याग्नु हुँदैन”, उनले स्पष्ट गरे । उत्तर कोरियाले आफूलाई पटक-पटक ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै आएको छ र दुई कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा अत्यन्तै खराब अवस्थामा पुगेको छ । राष्ट्रपति लीका पूर्ववर्तीलाई गत वर्ष असफल रूपमा सैन्य शासन लागू गर्न खोजेको आरोपमा पदबाट हटाइएको थियो, जसका लागि प्योङयाङलाई उक्साउने प्रयास गरिएको आरोपसमेत लागेको थियो ।

यसैबीच, सोमबार उत्तर कोरियाले आफ्ना आणविक शक्ति युद्धका लागि तयार अवस्थामा रहेको दाबी गर्दै हालै विश्वमा देखिएको ‘भू-राजनीतिक सङ्कट’ माथि नजिकबाट निगरानी गरिरहेको जनाएको छ । उक्त टिप्पणी विशेष गरी भेनेजुएलामा हालै भएको अमेरिकी सैन्य आक्रमणलाई सङ्केत गर्दै गरिएको मानिन्छ ।

उत्तर कोरियाली नेतृत्वका लागि यस्ता अन्तर्राष्ट्रिय घटनाक्रम अत्यन्तै भयावह मानिन्छन्, किनकि प्योङयाङले लामो समयदेखि अमेरिकाले सैन्य शक्ति प्रयोग गरेर आफ्नो शासन ढाल्न खोजिरहेको छ भन्ने गहिरो शङ्का राख्दै आएको छ । यही कारण देखाउँदै उत्तर कोरियाले दशकौँदेखि आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई अमेरिकी दबाबविरुद्धको प्रतिरक्षाका रूपमा औचित्य दिँदै आएको छ ।

हालका वर्षहरूमा उत्तर कोरियाले मिसाइल परीक्षण उल्लेखनीय रूपमा बढाएको छ । विश्लेषकहरूका अनुसार यस अभियानको उद्देश्य प्रहार क्षमतामा सुधार गर्नु, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियामाथि दबाब सिर्जना गर्नु तथा सम्भावित रूपमा रुसजस्ता मुलुकमा निर्यात गर्नुअघि हतियारहरूको परीक्षण गर्नु हो ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP