Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २३, २०८२

नेपालमा हरेक विध्वंश वा आन्दोलनहरु प्रायः मधेसबाट सुरु हुने भन्दै काठमाडौंले आरोप लगाउँदै आएको छ । राजनीतिक दलका नेताहरु यसलाई स्वादका साथ मसला हाल्न माहिर छन् । दसैंतिहार र छठपछि मधेसमा हिंसा भड्किने जनाउ उनीहरु दिन्छन् । काठमाडौंमा बसेर भविष्यवाणी गर्ने नेताहरुको बोली सुहाउँदो घटना शनिबार धनुषाको कमला नगरपालिकामा भयो । सानो भिडियोबाट सुरु भएको द्वन्द्व हिन्दू–मुस्लिमबीच भिडन्त निम्त्याउने खालले उग्र बन्न पुग्यो ।

खासमा मुस्लिम समुदायका युवाहरुले हिन्दू समुदायप्रति चोट पुग्नेगरी पोस्ट गरेको विषय प्रहरीसम्म पुगेको थियो । प्रहरीले ती पोस्ट गर्ने युवाहरुलाई पक्राउसमेत गरिसकेको थियो । यहीबीचमा हिन्दू युवाहरुले मस्जिदमा तोडफोड गर्नुका साथै कुरान जलाएको दुःखद् घटना बाहिरियो ।नेपाल धार्मिक सहिष्णुता भएको देश हो । यहाँ एक धर्म मान्नेलाई अर्को धर्म मान्नेले मानसम्मान गर्दै आएको छ । तर शनिबार मधेसमा त्यस्तो भएन । दुवै अतिवादी समूहले एकले अर्कोलाई बद्नाम गराउन लागि परे । जसले गर्दा आइतबार इस्लाम धर्मावलम्बीले वीरगञ्जमा प्रदर्शन गरे । उक्त प्रदर्शन यति उग्र बन्यो कि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास नै चलाउनुपर्‍यो । 

इस्लाम समुदायको प्रदर्शनमा हिन्दू धर्ममाथि लाञ्छना लगाएको भन्दै सोमबार हिन्दू धर्मावलम्बी प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरे । स्थिति नियन्त्रणबाहिर जाने देखिएपछि प्रशासनले निषेधाज्ञा लगायो । सोही क्रममा निषेधाज्ञा उल्लंघन गर्ने २६ जना प्रदर्शनकारी नियन्त्रणमा लिएका थिए । दुवै पक्षबीच हिंसा भड्किने खतरा देखिएपछि प्रशासनले मंगलबार दिउँसोसम्म निषेधाज्ञा जारी राख्यो । सर्वपक्षीय सहमतिमा दिउँसो ३ः३० मा यो क्षेत्रमा निषेधाज्ञा हटाइएको छ । राजनीतिक दल होस् या सुरक्षा संयन्त्र, मधेसमा जुनसुकै बेला हिंसा भड्किने भन्दै पूर्वानुमान गर्ने पहिलेबाटैको चलन हो । हुन पनि मधेसमा धार्मिक दंगाहरु हुँदै आएको देखिन्छ ।

Ncell
Hardik health

आफ्नो देश, गाउँठाउँको अवस्था सुधार्न लाग्नुपर्ने समयमा युवाहरु यसरी दंगा, हिंसा भड्काउनतिर लाग्नु दुःखद् विषय हो । अतिवादमा लाग्दा केही समयलाई रमाइलो होला, तर दीर्घकालका लागि यो ठूलो घाटाको विषय हो । यस्तो कार्यले देश, समाजलाई मात्र हैन व्यक्ति आफैंलाई पनि ठूलो घाटा लाग्ने गर्छ । त्यसैले उत्तेजनामा नलागेर संयमता अपनाउनु नै उत्तम विकल्प हो । अरुको लहैलहैमा लाग्न छाडेर सहिष्णुता कायम गरौं । सर्वधर्म भनेको नै संयमता र सहिष्णुता हो । विखण्डन र अतिवादको राजनीतिलाई अन्त्य गरौं ।
 


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP