Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु
इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २२, २०८२
Energy Drink Energy Drink

एपी- इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने एक हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । देशको धर्मतन्त्रले एउटा पश्चिमी प्रान्तमा अशान्तिलाई स्वीकार गरेपछि त्यहाँ सुरक्षा बलले एक अस्पतालमा छापा मारेको बताइएको छ ।

एक हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनमा २९ जना प्रदर्शनकारी, चार बालबालिका र दुई जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ । देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको जनाइएको छ । इरानभित्रैको कार्यकर्ता सञ्जालमा आधारित रिपोर्टिङ यसअघि पनि विश्वसनीय ठहरिँदै आएको छ ।

अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीका अनुसार झडपका क्रममा करिब २५० जना प्रहरी र रिभोलुसनरी गार्डका बासिज स्वयंसेवक बलका ४५ सदस्य घाइते भएका छन् । तर सरकारले मृतक र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन ।

Ncell
Hardik health

सोमबार राति इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इलाम प्रान्तको घटनाबारे ‘पूर्ण अनुसन्धान’ गर्न गृह मन्त्रालयलाई विशेष टोली गठन गर्न निर्देशन दिएको छ । इलामको मालेकशाही क्षेत्रमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको देखिने भिडियो सार्वजनिक भएका छन् । उनले इलाम सहरको अस्पतालमा सुरक्षाबलले छापा मारेको घटनालाई पनि स्वीकार गरेका छन्  । अनलाइन दृश्यमा दङ्गा नियन्त्रण पोसाकमा सुरक्षाकर्मी अस्पताल प्रवेश गरेको देखिन्छ, जहाँ घाइते प्रदर्शनकारी खोजिएको कार्यकर्ताहरूले बताएका छन् ।

अस्पतालमा भएको घटनाको अमेरिकी विदेश मन्त्रालयले कडा आलोचना गर्दै यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेको छ । फार्सले प्रदर्शनकारी सशस्त्र रहेको दाबी गरे पनि त्यसको पुष्टि हुने प्रमाण सरकारले सार्वजनिक गरेको छैन । इराकसँग सीमा जोडिएको इलाम प्रान्त कुर्दिश र लुर समुदायको बसोबास क्षेत्र हो र गहिरो आर्थिक समस्यामा छ ।

बढ्दो मृतक सङ्ख्याले अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भएमा अमेरिकाले हस्तक्षेप गर्नसक्ने चेतावनी दिएका छन् । ट्रम्पको उक्त चेतावनीप्रति इरानी अधिकारीहरूले कडा प्रतिक्रिया जनाएका छन् ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देखिएको आन्दोलनयता यो सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ । प्रतिबन्ध, युद्धको असर र मुद्राको तीव्र अवमूल्यनले जनआक्रोश बढाएको छ । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले दङ्गाकारीलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभए पनि विरोध प्रदर्शन अझै शान्त भएको देखिँदैन ।
 


प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP