Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • कम्बोडियाले युद्धविराम उल्लंघन गरेको थाइल्यान्डको आरोप
कम्बोडियाले युद्धविराम उल्लंघन गरेको थाइल्यान्डको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २२, २०८२
Energy Drink Energy Drink

एएफपी- कम्बोडियाले मंगलबार सीमापार मोर्टार फायर गरी थाई सैनिकलाई घाइते बनाएको उल्लेख गर्दैकम्बोडियाले युद्धविराम उल्लंघन गरेको थाइल्यान्डको आरोप लगाएकाे छ। उक्त मोर्टार फायर पछि  थाइल्यान्डले कम्बोडियालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएको हाे। 

दक्षिणपूर्वी एसियाली राष्ट्रहरू बिचको दशकौँ पुरानो सीमा विवाद गत वर्ष धेरै पटक सैन्य झडपमा परिणत भएको थियो भने डिसेम्बरमा भएको लडाइँमा दर्जनौँ मानिसहरूको मृत्यु हुनुका साथै दुवै पक्षका करिब १० लाख विस्थापित भएको जनाइएको छ ।  दुई देशले तीन हप्ताको झडपको अन्त्य गर्दै डिसेम्बर -२७ मा  युद्धविराममा सहमती जनाएका थिए । 

कम्बोडियाको सेनाले थाइल्यान्डको उबोन रत्चथानी प्रान्तमा मोर्टार राउन्ड फायर गरेको आरोप लगाउँदै थाई सेनाले मङ्गलबार विज्ञप्ति मार्फत “कम्बोडियाले युद्धविराम उल्लंघन गरेको जनाएको छ । गोली हानाहानमा एक जना थाई सैनिक घाइते भएको थाई सेनाले जनाएको छ । 

थाई सेनाले कम्बोडियन पक्षले थाई सैन्य एकाईलाई सम्पर्क गरी थाई क्षेत्रमा गोली चलाउने मनसाय नभई कम्बोडियन कर्मचारीहरूको हतियार परिचालन त्रुटिको कारण  विस्पोट भएको  दाबी गरेको छ । थाई सेनाले भने कम्बोडियन सेनालाई सावधानी अपनाउन चेतावनी दिदै यदि यस्तै घटना दोहोरियमा थाइल्यान्डले बदला लिने जनाएको छ । 

Ncell
Hardik health

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले मंगलबार कम्बोडियाको प्रेह विहार प्रान्तमा दुई कम्बोडियन सैनिकहरू घाइते भएको र एक जना गम्भीर घाइते भएको बताएका थिए ।  कम्बोडियाका सेनाहरूले “सङ्गठन र व्यवस्थित“ कर्तव्यहरू पालन गरिरहेको अवस्थामा  विस्फोट भएको जनाउदै उनले विस्पोटमा घाइते भएका दुई  सैनिकहरूलाई अस्पतालमा भर्ना गरेको उल्लेख भएको छ । 

एमराल्ड ट्राएङ्गल भनेर चिनिने सीमा क्षेत्रमा विस्फोट भएको जनाउदै सोचेटाले यो दुवै देश र लाओसको सीमा भएको बताए ।  गत मे महिनामा, यस क्षेत्रमा थाई सेनासँगको गोली हानाहानमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि सीमा द्वन्द्व पुनः स्थापित भएको थियो । 

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले “युद्धविराम उल्लंघन भएको“ भन्दै नोम पेन्हमा विरोध दर्ता गरेको बताउदै थाइल्यान्डसँग कम्बोडियालाई “जवाफ दिने क्षमता“ रहेको जनाए । यी राष्ट्रहरूको लामो समयदेखि चलिरहेको द्वन्द्व उनीहरूको ८०० किलोमिटर सिमानाको औपनिवेशिक युगको सीमांकनको विवादबाट उत्पन्न भएको जनाइएको छ, जहाँ दुवै पक्षले क्षेत्र र शताब्दीयौं पुरानो मन्दिरका भग्नावशेषहरूमा दावी गरेका छन् ।  

डिसेम्बरको युद्धविराम अन्तर्गत, कम्बोडिया र थाइल्यान्डले युद्धविराम गर्ने, सेनाको गतिविधिको अवरोध गर्ने र आफ्नो सीमामा सुरक्षा प्रयासहरूमा सहयोग गर्ने वाचा गरेका छन् ।  डिसेम्बर- ३१ मा, बैंकले जुलाई देखि पक्राउ परेका १८ जना कम्बोडियन सैनिकहरूलाई रिहा गरेको थियो । थाइल्यान्डको विदेश मन्त्रालयले उनीहरूको रिहाइ “सद्भावना र विश्वास निर्माणको आधार भएको बताएको छ ।

नोम पेन्हले गत हप्ता उनीहरूको फिर्तीले “आपसी विश्वास निर्माणमा उल्लेखनीय योगदान पुर्याउने विषयमा “आशावादी“ रहेको बताको छ ।  संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले जुलाईमा कम्बोडिया र थाइल्यान्डबिचको लडाइँ अन्त्य गर्न मध्यस्थता गरेका थिए  ।
 


प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP