सिन्ह्वा- सन् २०२५मा श्रीलंकामा सबैभन्दा धेरै विदेशी पर्यटकहरूको आगमन छ । श्रीलंकाले २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन रेकर्ड गरेको जनाइएको हाे ।
श्रीलंकामा आएको चक्रवात दितवाहले गर्दा आएको अवरोधका बावजुद पनि पर्यटन आय नयाँ वार्षिक रेकर्डमा पुगेको श्रलंकाका विदेश मन्त्री विजिता हेराथले पत्रकारहरु सँगको साक्षतकारमा बताएका छन् । परराष्ट्र मामिला, विदेश रोजगार तथा पर्यटन मन्त्री हेराथले श्रीलंकाले यस वर्ष २३ लाख ६० हजार भन्दा बढी विदेशी पर्यटकहरूले श्रीलंका भ्रमण गरेको बताउनु भएको छ जुन एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो ।
पर्यटन राजस्व मात्र सन् २०२५ तीन अरब २० करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै देशको विदेशी मुद्रा को दोस्रो ठूलो स्रोतको रूपमा पर्यटन व्यावसाय भएको उनले पुष्टि गरे । नोभेम्बरको अन्त्यमा श्रीलंकामा आएको चक्रवात दितवाको प्रभावका बावजुद पर्यटकहरूको आगमन बलियो रहेको बताउदै उनले मन्त्रीले नीतिगत समर्थन उपाय र प्रवर्द्धन गतिविधिका कारण विपत्ति पछि पनि पर्यटन आगमन जारी रहेको बताए।
श्रीलंकाले सन् २०२६ मा न्यूनतम ३० लाख विदेशी पर्यटक आगमनको लक्ष्य राखेको छ, जुन सन् २०२५ को भन्दा करिब २७ प्रतिशतले बढी हो । चक्रवात पछि अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि समग्र वृद्धिको अनुमानलाई २.९ प्रतिशतमा संशोधन गरेको कारण पर्यटन वृद्धिले आर्थिक सुधार प्रयासमा योगदान गर्ने श्रीलंकाली अधिकारीहरूले अपेक्षा गरेका छन् ।