Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • विशेष महाधिवेशन रोक्न चौतर्फी घेराबन्दी
कांग्रेस विवाद विशेष महाधिवेशन रोक्न चौतर्फी घेराबन्दी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २२, २०८२
  • गगनविरुद्ध देउवाले खटाए विमलेन्द्र निधिदेखि कृष्ण सिटौलासम्म
  • संस्थापनइतरका नेता डा. शेखर कोइरालासमेत विशेष महाधिवेशन असफल पार्न सक्रिय
  • केन्द्रले परिपत्र जारी गर्नासाथ पाँचवटा प्रदेश समितिद्वारा विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै चुनावमा लाग्न पार्टीपंक्तिलाई आह्वान

विशेष महाधिवेशन औचित्यहीन हो । त्यसैले महाधिवेशन प्रतिनिधिलाई काठमाडौं नआउनू भन्ने निष्कर्ष भयो । सबैलाई निर्वाचनमा लाग्न आह्वान गर्ने निर्णय भयो
नेता विमलेन्द्र निधि
 नेता, नेपाली कांग्रेस

काठमाडौं-नेपाली कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षमा पुग्दा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन जसरी पनि सम्पन्न गर्न लागिपरेका छन् । उनीहरुले आह्वान गरेको विशेष महाधिवेशन आइतबारबाट सुरु हुने छ । उक्त महाधिवेशनमा उपस्थितिका लागि महामन्त्रीद्वयको पक्षबाट शनिबार सबैलाई काठमाडौं आइपुग्न उर्दी जारी गरिएको छ ।

विशेष महाधिवेशन हुँदैन । विशेष महाधिवेशनको औचित्य सकियो भनेर केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेको छ । पार्टीको निर्णय त्यही हो । त्यो निर्णय सबैले मान्नुपर्छ ।
कृष्णप्रसाद सिटौला
नेता, नेपाली कांग्रेस

‘फोड्न हैन, दम्भ र अहंकार तोड्न, एक्लै चुनाव लड्न सक्नेगरी कांग्रेसलाई जोड्न, २६ गते काठमाडौं जाऔं, विशेष महाधिवेशन सफल बनाऔं,’ यही नारासहित विशेष पक्षधरले काठमाडौंमा उपस्थित हुन आह्वान गरिरहेको छ । महामन्त्रीद्वय थापा र शर्मासहित संस्थापनइतरका नेताहरुलेसमेत विशेष महाधिवेशन आयोजना गरेरै छाड्ने भन्दै पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ गरिसकेका छन् । नेतृत्व परिवर्तन गरेरमात्र निर्वाचनमा जानुपर्ने भन्दै इतरपक्ष जोडतोडले विशेष महाधिवेशनको पक्षमा लाग्दा संस्थापनपक्ष भने चौतर्फी रुपमा यसलाई रोक्न लागिपरेको छ ।

Hardik health

हामीले चुनावपूर्व अधिवेशन मागेका हौं, क्यालेण्डर होइन । सो सम्पन्न हुन नसके विशेष अधिवेशन बोलाइयोस् भन्ने हाम्रो विधिसम्मत माग हो, जसलाई विधानले जीवित राखेको छ ।
ध्यानाकर्षणपत्र 
विशेष महाधिवेशनपक्ष

आइतबारमात्र कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन रोक्न आफूनिकटका नेताहरुसँग महाराजगञ्जमा छलफल गरेका थिए । उक्त छलफलपछि विशेष महाधिवेशन औचित्यहीन भएको निष्कर्ष देउवापक्षले निकालेको थियो । ‘विशेष महाधिवेशन औचित्यहीन हो । त्यसैले महाधिवेशन प्रतिनिधिलाई काठमाडौं नआउनू भन्ने निष्कर्ष भयो । सबैलाई निर्वाचनमा लाग्न आह्वान गर्ने निर्णय भयो,’ बैठकलगत्तै कांग्रेस नेता विमलेन्द्र निधिले भने ।
निधिसँगै बैठकमा कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महतलगायत पुगेका थिए । सोमबार बिहान सिटौलाले पनि विशेष महाधिवेशन हुँदै नहुने ठोकुवा गरे । ‘विशेष महाधिवेशन हुँदैन । विशेष महाधिवेशनको औचित्य सकियो भनेर केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेको छ । पार्टीको निर्णय त्यही हो । त्यो निर्णय सबैले मान्नुपर्छ,’ सिटौलाले भने ।

यतिमात्र हैन सिटौलाले गगन–विश्वको मुख हेरेर भोट नआउने तर्कसमेत अघि सारे । ‘चुनावमा कुनै व्यक्तिको अनुहार हेरेर भोट आउँदैन । निर्वाचनमा पार्टीले देशका लागि गरेको योगदान, विकास निर्माणमा पु¥याएको योगदानको आधारमा मूल्यांकन हुन्छ । अर्को कुरा भविष्यमा के गर्ने भनेर गरिने घोषणापत्रको आधारमा हुन्छ,’ सिटौलाले भने ।

विशेष महाधिवेशन पक्षधरले गगनलाई सभापति बनाएर फागुन २१ गतेको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने माग गरिरहेका छन् । यसैप्रति कटाक्ष गर्दै सिटौलाले यस्तो धारणा राखेका हुन् । १३औं महाधिवेशनमा सिटौला र गगन एकै समूहबाट संस्थापन पक्षविरुद्ध भिडेका थिए । त्यतिबेला सिटौला सभापति र गगन महामन्त्रीका उम्मेदवार थिए । पछि १४औं महाधिवेशनमा गगनले सिटौलाको साथ छाडेका हुन् ।

यसपटक भने गगनविरुद्ध संस्थापनपक्षले सिटौलालाई परिचालन गरेको हो । यतिमात्र हैन कांग्रेस केन्द्रले सोमबार दिउँसो विशेष महाधिवेशनमा नलाग्न भन्दै पार्टीका सबै तहलाई परिपत्रसमेत जारी ग¥यो । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय भन्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्र अत्यन्त जरुरी भनिएको छ । परिपत्र हत्तपत्त सार्वजनिक नगर्ने कांग्रेसले यसपटक भने आफ्नो फेसबुक पेजमार्फत विज्ञप्तिसाहित उर्दी नै जारी गरेको हो ।

‘नियमित १५औं महाधिवेशनको कार्यतालिकाबमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधानबमोजिम समयमै नियमित १५औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ,’ उक्त परिपत्रमा भनिएको छ । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिसकेको अवस्थामा प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा एवं टोल तहका समितिहरु तथा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरु एवं पार्टीका सदस्य, समर्थक र शुभेच्छुकहरुको सम्पूर्ण ध्यान निर्वाचन केन्द्रित हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । ‘पार्टीका उल्लिखित सबै सांगठनिक संरचनामा आबद्ध सदस्य साथीहरु व्यापक परिचालित भई घोषित निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा बहुमत दिलाउन क्रियाशील रहन नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ परिपत्रमा भनिएको छ ।

केन्द्रको परिपत्र आउनासाथ कांग्रेसका पाँच प्रदेश समितिले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै चुनावमा लाग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । कोशी प्रदेश सभापति उद्धव थापा, मधेसका सभापति कृष्णप्रसाद यादव, बागमतीका इन्द्र बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले संयुक्त वक्तव्य जारी गरेका हुन् । विज्ञप्तिमा गण्डकी र लुम्बिनी प्रदेशका सभापतिको भने हस्ताक्षर छैन । गण्डकीका सभापति शुक्रराज शर्मा र लुम्बिनीका सभापति अमरसिंह पुन गगननिकट हुन् ।

यतिमात्र हैन कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइारालासमेत विशेष महाधिवेशन असफल पार्न सक्रिय छन् । मध्यमार्गी बाटो खोज्ने बाहनामा शेखरले आफूनिकटका महाधिवेशन प्रतिनिधिसँग हस्ताक्षर फिर्ता लिन दबाब दिएका छन् । शेखरनिकट सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वयले भनेको जे पनि सही नहुने बताएका छन् । ‘अब विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने सन्दर्भमा यो उहाँ (महामन्त्री)को कुरा भयो । सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन । त्यसैले उहाँले जे भन्नुभएको थियो, त्यही नै सही हो । मैले जे भनेको छु, त्यही नै सही हो भन्ने त हुँदैन,’ परियारले शनिबार भनेका छन् । 

कार्यवाहक सभापति खड्काले बुझेनन् ध्यानाकर्षणपत्र
आइतबार विशेष महाधिवेशन पक्षधरका नेताहरुले सानेपा पुगेर ध्यानाकर्षणपत्र बुझाउने प्रयास गरेका थिए । नेता देवराज चालिसेको नेतृत्वमा सानेपा पुगेको टोलीको पत्र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुझ्न मानेनन् । यसअघि असोज २९ गते विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर खड्काले बुझेका थिए । आइतबारको बैठकमा खड्कामाथि संस्थापनपक्षका अधिकांश नेताले यसबारे केरकार गरेपछि सोमबार भने उनी ध्यानाकर्षणपत्र लिन हच्केका थिए ।

उक्त पत्रमा आफूहरुले निर्वाचनअघि महाधिवेशन माग गरेको उल्लेख गरिएको छ । ‘हामीले चुनावपूर्व अधिवेशन मागेका हौं, क्यालेण्डर होइन । सो सम्पन्न हुन नसके विशेष अधिवेशन बोलाइयोस् भन्ने हाम्रो विधिसम्मत माग हो, जसलाई विधानले जीवित राखेको छ,’ पत्रमा भनिएको छ । 

ध्यानाकर्षणपत्रमा केन्द्रीय कार्यसम्पादन समितिलाई विशेष महाधिवेशनको औचित्य समाप्त भयो भन्ने अधिकार नभएकोसमेत तर्क गरिएको छ । ‘आफूलाई निर्वाचित गर्ने सर्वोच्च निकाय महाधिवेशनका बहुमत प्रतिनिधिले मागेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार केन्द्रीय कार्यसम्पादनलाई हुन सक्दैन,’ पत्रमा भनिएको छ, ‘हामी पुनः आग्रह गर्न चाहन्छौं-विधानले तोकेको समयसीमा ‘तीन महिना’ अर्थात् २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्यरूपमा सम्पन्न गर्नैपर्छ । यो व्यवस्था कसैको रहर वा छनोटको विषय होइन । पार्टी विधानको धारा १७ (२) को यो बाध्यकारी व्यवस्था हो, यसको कार्यान्वयन पार्टी केन्द्रको कर्तव्य र जिम्मेवारी हो ।’
 


प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP