Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • बिरामीको सहयोगार्थ साइकल यात्रा
बिरामीको सहयोगार्थ साइकल यात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १८, २०८२

पाँचथर -  क्यान्सर जितेका साइकल यात्रीद्वय हर्क लामा र कविता चित्रकारको अगुवाइमा क्यान्सरका बिरामीको उपचार सहयोगार्थ अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित पाँचथरबाट साइकल यात्रा सुरु भएको छ ।साइकल यात्राद्वारा पुष्पलाल (मध्यपहाडी) राजमार्ग पार गर्ने लक्ष्यसहित बिहिबारदेखि राजमार्गको उद्गम विन्दू पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङबाट उक्त यात्रा सुरुआत भएको हो ।

एक हजार ८०० किलोमिटर दूरी पार गर्ने उद्देश्यले थालिएको साइकल यात्रामा आठ साइकल यात्री तथा चिकित्सक र वृत्तचित्र छायाङ्कन गर्ने अन्य आठ सदस्य रहेका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साइकल कल्चर कम्युनिटीका अध्यक्ष डा तारालाल श्रेष्ठका अनुसार उक्त संस्था र धुलिखेल अस्पतालको समन्वयमा साइकल यात्रा सुरुवात भएको हो । 
 
क्यान्सरलाई जितेका साइकल यात्री लामा र चित्रकारको अगुवाइमासञ्चालित यात्राले क्यान्सरका बिरामीलाई आत्मबल प्रदान गर्ने, क्यान्सर लाग्दैमा जीवन सकिन्छ भन्ने भ्रम चिर्ने तथा क्यान्सरका बिरामीको उपचार सहयोगार्थ अक्षयकोषमा रकम सङ्कलन गर्ने उद्देश्य रहेको डा श्रेष्ठको भनाइ छ । 

“क्यान्सरका बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको अवस्था छ । यसले महामारीको रुप लिएको अवस्थामा क्यान्सरपछि जीवन छ भनेर देखाउनु जरुरी छ”, डा श्रेष्ठले भने, “यस अभियानको अगुवाइ गर्ने लामा र चित्रकारले क्यान्सरलाई जितेपछि अन्नपूर्ण सर्किट, मनाङ, उपल्लो मुस्ताङलगायत क्षेत्रमा साहसिक साइकल यात्रा गरिसक्नुभएको छ ।”

Hardik health

जेनजी आन्दोलनपछि देखिएको निराशा चिर्ने, मनोवैज्ञानिक बिरामीलाई हौसला दिने, आशा त्यागेकालाई आशा दिने, विश्वभरिका सहयोग गर्न चाहने, मानवियता देखाउनेलाई जोड्न साइकल यात्रा सार्थक हुने अपेक्षा गरिएको धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा डा सुमनराज ताम्राकारले बताए । “मध्यपहाडमा भेटिने सबैसँग अन्तरक्रिया गरेर नयाँ सन्देश प्रवाह गर्न सकिन्छ भन्ने विश्वास लिएका छौँ”, प्रा डा ताम्राकारले भने।

क्यान्सर बिरामीको उपचार कोष स्थापना गर्ने उद्देश्यसहित यसअघिबाटै काम भइरहेको र हालसम्म रु ४४ लाख रकम जम्मा भइसकेको उनले जानकारी दिए । इश्वी संवतको पहिलो दिन जनवरी १ देखि सुरु भएको साइकल यात्रा बैतडीको झुलाघाटमा २९ दिनपछि सम्पन्न गर्ने आयोजकको योजना रहेको छ । नेपाल–भारत सीमावर्ती ३१०० मिटर उचाइमा रहेको चिवाभञ्ज्याङबाट आज दिउँसोदेखि सुरु भएको यात्राका यात्रीहरु साँझ याङवरक गाउँपालिका–६ गणेशचोक आइपुगेका छन् । 


प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १२:११
#साइकल_यात्रा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP