Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्प बिना क्यापिटल दंगा सम्भव थिएनः स्मिथ
ट्रम्प बिना क्यापिटल दंगा सम्भव थिएनः स्मिथ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १७, २०८२

एपी- सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दंगा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताएका छन् । उनले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गरेका हुन् ।

रिपब्लिकन नेतृत्वको हाउस जुडिसियरी कमिटीले बुधबार स्मिथले दिएको बन्द- ढोका अन्तर्वार्ताको प्रतिलिपि र भिडियो सार्वजनिक गरेको छ । सो अन्तर्वार्तामा स्मिथले ट्रम्पमाथि लगाइएका अभियोगहरूको आधार दृढतापूर्वक बचाउ गर्दै अनुसन्धान राजनीतिक प्रेरणाबाट गरिएको भन्ने आरोप अस्वीकार गरे  ।

“यहाँ रहेका प्रमाणहरूले राष्ट्रपति ट्रम्प नै यस षड्यन्त्रका मुख्य व्यक्ति भएको स्पष्ट देखाउँछन् । यी सबै काम उहाँको फाइदाका लागि गरिएको थियो । क्यापिटलमा भएको आक्रमण पनि उहाँ बिना सम्भव थिएन”, स्मिथले भने । उनले आफ्नो कार्यालयको काम कुनै पनि हालतमा राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले नभएको पनि स्पष्ट पारे  ।

डिसेम्बर १७ मा निजी रूपमा गरिएको उक्त बयान सार्वजनिक गवाहीका रूपमा दिन अनुरोध गरिए पनि बन्द ढोकामै सम्पन्न भएको थियो । विशेष सल्लाहकार पदबाट हटेपछि क्यापिटल हिलमा स्मिथको यो एकमात्र उपस्थिति हो । यसले न्याय मन्त्रालयका पछिल्ला दुई ठूला अनुसन्धानबारे सार्वजनिक बुझाइ थप स्पष्ट बनाएको छ ।

Hardik health

ट्रम्पमाथि २०२० को चुनाव उल्ट्याउने षड्यन्त्र र फ्लोरिडास्थित मार-ए-लागो निवासमा गोप्य कागजात अवैध रूपमा राखेको अभियोग लगाइएको थियो । तर २०२४ को चुनावमा ट्रम्प पुनः निर्वाचित भएपछि न्याय मन्त्रालयको नीतिका आधारमा दुवै मुद्दा खारेज गरिएको थियो ।

स्मिथले ट्रम्पविरुद्ध सङ्कलन गरिएका प्रमाणहरू सजाय दिलाउन पर्याप्त बलिया रहेको आफ्नो विश्वास दोहोर्‍याए । उनका अनुसार जनवरी ६ सम्बन्धी मुद्दा ट्रम्पकै सहयोगी र समर्थक रिपब्लिकनहरूको गवाहीमा आधारित थियो, जसले पार्टीभन्दा माथि देशलाई प्राथमिकता दिएका थिए ।

क्यापिटल दंगाबारे बोल्दै स्मिथले भने, “प्रमाणहरूले देखाउँछन् कि राष्ट्रपति ट्रम्पले यस अवस्थाको कारण बनाउनुभयो, त्यसको पूर्वानुमान गर्न सक्नहुन्थ्यो र पछि त्यसको शोषण पनि गर्नुभयो ।” उनका अनुसार ट्रम्पले चुनाव चोरी भएको झूट फैलाउँदै समर्थकहरूलाई उत्तेजित पारे, उनीहरूलाई क्यापिटलतर्फ मोडे र हिंसा सुरु भएपछि रोक्न सक्रिय कदम चाल्न अस्वीकार गरे  ।

स्मिथले दंगाका क्रममा ट्रम्प र रिपब्लिकन सांसदहरूबीचको सम्पर्क पनि मुद्दाको महत्त्वपूर्ण हिस्सा भएको बताए  । फोन रेकर्ड संकलन तथा विश्लेषण वैधानिक र कानूनअनुसार गरिएको भन्दै त्यसप्रति उठेको आक्रोश ट्रम्पतर्फ नै निर्देशित हुनुपर्ने उनको भनाइ थियो ।

स्मिथको बयानले जनवरी ६ को क्यापिटल दंगामा ट्रम्पको भूमिकालाई केन्द्रमा राख्दै त्यस घटनाको जिम्मेवारीबाट उनी अलग हुन नसक्ने सन्देश स्पष्ट रूपमा दिएको छ ।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा
किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा बिहीबार, पुस १७, २०८२
पञ्जाबमा  दुर्घटना, १४ जनाको मृत्यु, १६ घाइते
पञ्जाबमा दुर्घटना, १४ जनाको मृत्यु, १६ घाइते बिहीबार, पुस १७, २०८२
अपडट : क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु
अपडट : क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु बिहीबार, पुस १७, २०८२
स्विस आल्प्समा बार आगलागी, धेरैको मृत्यु र घाइते
स्विस आल्प्समा बार आगलागी, धेरैको मृत्यु र घाइते बिहीबार, पुस १७, २०८२
युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते
युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते बिहीबार, पुस १७, २०८२
सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता :अधिकारी
सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता :अधिकारी बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP