एपी- स्विस आल्प्सको क्रान्स-मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ ।
स्थानीय प्रहरी प्रवक्ता गेटान लाथियनले भने, “आज बिहान १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी सुरु भयो । भवनमा सयभन्दा बढी मानिसहरू थिए र हामीले धेरै घाइते र धेरैको मृत्यु भएको देखिरहेका छौँ ।”
आगलागीको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूले अनुसन्धान सुरु गरेका छन् । लाथियनले भने, “हामी भर्खरै अनुसन्धानको सुरुआतमै छौँ तर यो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्की रिसोर्ट भएकाले धेरै पर्यटकहरू प्रभावित भएका छन् ।”
प्रभावित परिवारका लागि स्वागत केन्द्र र हेल्पलाइन पनि स्थापना गरिएको छ । प्रहरीले क्रान्स-मोन्टानामा बिहान १० बजे पत्रकार सम्मेलन गर्ने योजना बनाएको छ । यो समुदाय म्याटरहर्नबाट करिब ४० किलोमिटर (२५ माइल) उत्तरमा स्विस आल्प्सको मुटुमा रहेको छ ।