किमाथांका- सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१, किमाथांका नाकास्थित नेपाल-चीन सिमानामा रहेका सीमा स्तम्भको निरीक्षण गरिएको छ ।सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा रहेको नेपाल-चीन सिमानामा सीमा स्तम्भको निरीक्षण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको सीमा सुरक्षा पोष्ट बिओपि किमाथांका बिओपी, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा रहेको नेपाल-चीन सिमानामा सीमा स्तम्भको निरीक्षण गरेको छ । उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांका नाकामा चीनको स्वशासित क्षेत्र तिब्बत्सँगको सिमानापर्ने नेपाल-चीन सिमानाका चार वटा सीमास्तम्भ निरीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथांका, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ अन्तर्गत रहेका चारवटा सीमा स्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिए ।

संयुक्त सुरक्षा टोलीले किमाथांका नाकामा रहेका ६७, ६८/२, ६९/१ र ६९/२ नम्बरको सीमास्तम्भ र सीमाको अवस्था लगायतका विषयमा निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४ अरुण गुल्म चैनपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
संयुक्त टोलीले इलाकाको बस्तु स्थिति तथा सीमा चिन्हको अवस्थासमेत निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथांका इन्चार्ज नवीन खतिवडा नेतृत्वमा ११ जना, चीनको स्वशासित क्षेत्र तिब्बतका डिएसपी दावा छिरिङको कमाण्डमा सातजना र नेपाल प्रहरीका पाँच जनाको संयुक्त टोलीले विभिन्न सीमास्तम्भको निरीक्षण गरेको छ । भोटखोला गाउँपालिकाका- १, २ र ३ सिधैँ चीनको भू-भागसँग जोडिएका छन् । सङ्खुवासभा जिल्लामा २१ वटा सीमास्तम्भ रहेका छन् । किमाथांकामा नेपाल-चीनअन्तरराष्ट्रिय सीमास्तम्भ निक्कै पुरानो भएको बताइएको छ ।
गत जेठमा आएको बाढीले ७१/१ को सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको छ । किमाथांका नाकामा २०७६ मा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी स्थापना भएको हो । भोटखोला-१ स्थित दोङ्गोप्पाखोला र छोकाङ खोलामा बाढीले बगाएको ७१/१ सिमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका-१, २ र ३ छिमेकी चीनको भू-भागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादनहुँदै आएको छ । किमाथांकावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । खाँदबारीदेखि किमाथांका एक सय ६२ किलोमिटरको दुरीमा पर्दछ ।