सिन्ह्वा- युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटलहरुलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा ठुलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुदाँ धेरै जनधनको क्षेति जनाएमका छन् ।
साल्डोले आक्रमणमा “धेरै मानिसहरू जिउँदै जलेको बताउदै एउटा ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठूलो आगलागी निम्त्याए पछि बिहीबार मात्रै अग्नि नियन्त्रकहरूले आगो पूर्ण रूपमा निभाउन सफल भएको पुष्टि गरेका छन् ।
डाक्टरहरू अहिले घाइतेहरूको ज्यान बचाउन प्रयास गरिरहेको बताउदै उनले क्षेत्रीय अधिकारीहरूले पीडित र मृतकहरुका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गर्ने तैनाथ गरिएको बताए ।