Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध
अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १७, २०८२

एएनआई- संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चार वटा तेल ट्याङ्करलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो ।

मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन् । भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्याङ्करहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भने, “राष्ट्रपति ट्रम्प स्पष्ट हुनुहुन्छ-अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले संयुक्त राज्य अमेरिकामा घातक लागुपदार्थको बाढी ल्याइरहेको छ ।” उनले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागिरहने पनि स्पष्ट पारे ।

Ncell
Hardik health

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि संयुक्त राज्य अमेरिकालाई अस्थिर पार्ने उद्देश्यसहित ‘नार्को-आतङ्कवादी’ शासनको नेतृत्व गरिरहेको आरोप लगाउँदै आएका छन् । पछिल्लो प्रतिबन्ध घोषणामा पनि यही दाबी दोहोरिएको छ । आधिकारिक सूचनाअनुसार प्रतिबन्धको दायरामा परेका जहाजहरूमध्ये केही भेनेजुएलासँग सम्बन्धित तथाकथित ‘छाया फ्लीट’ (स्याडो फ्लीट) का हिस्सा हुन्, जसले मदुरोको अवैध शासनलाई इन्धन आपूर्ति गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराइरहेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मदुरोको शासन प्रतिबन्धबाट जोगिन र प्रतिबन्धयोग्य गतिविधिहरू सहज बनाउन विश्वव्यापी जहाजहरूको छाया फ्लीटमा बढ्दो रूपमा निर्भर हुँदै आएको छ । यिनै माध्यमबाट शासनले आफ्ना अस्थिर गतिविधिहरूका लागि राजस्वसमेत आर्जन गरिरहेको छ । आजको कदमले भेनेजुएलाको तेल व्यापारमा संलग्नहरू अझै पनि गम्भीर प्रतिबन्धको जोखिममा रहेको सन्देश दिन्छ ।”

यसैबीच, राष्ट्रपति ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ता त्याग्नु ‘बुद्धिमानी कदम’ हुने टिप्पणी गरे  । संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी मुलुकमाथि सैन्य तथा आर्थिक दबाब बढाइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो । मदुरोलाई जबरजस्ती सत्ताबाट हटाउने उद्देश्य नै प्रशासनको रणनीति हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्प अन्तिम नतिजाबारे स्पष्ट प्रतिबद्ध देखिएनन् । तर उनले मदुरोलाई दिइएको सल्लाहबारे भने खुला रूपमा धारणा व्यक्त गर्नुभयो । “मलाई लाग्छ, सम्भवतः त्यस्तो हुनसक्छ”, उनले भने, “यो उहाँले के गर्न चाहनुहुन्छ भन्ने कुरामा निर्भर छ । मलाई लाग्छ, उहाँले सत्ता छोड्नु बुद्धिमानी हुनेछ । अब के हुन्छ, हामी हेर्नेछौँ ।”

राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथि अमेरिकालाई गम्भीर क्षति पुर्‍याएको आरोप पनि दोहोर्‍याए  । उनका अनुसार लाखौँ मानिस खुला सीमाबाट अमेरिका प्रवेश गरेका छन् । “उनीहरूले आफ्ना अपराधीहरू, बन्दीहरू, लागुऔषध व्यापारीहरू र मानसिक रूपमा अस्थिर तथा अयोग्य मानिसहरू हाम्रो देशतर्फ पठाएका छन्, अन्य कुनै पनि देशभन्दा बढी”, उनले भने ।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP