टोकियो- जापानको उत्तरपूर्वी प्रान्त मियागीको सेन्दाई शहरमा रहेको एक रेष्टुरेन्टमा खाएको खाना बिषाक्त परेकाले कम्तीमा २८ जना गम्भीर बिरामी परेका छन् ।
अधिकारीहरूका अनुसार डिसेम्बर २६ मा सेन्दाईको सुशी रेस्टुरेन्टमा ‘सशिमी’ र ‘सुशी’ भनिने माछाको मासुको खानाको प्रकार र अन्य वस्तुहरू खाएका धेरै जना विरामी भएका थिए ।
उनीहरूलाई बान्ता, पखाला र ज्वरो आउनेजस्ता लक्षणहरू अनुभव गर्न थालेपछि अस्पताल भर्ना गरिएको थियो। केही प्रभावित विरामीमा ‘नोरोभाइरस’को सङ्क्रमण भेटिएको अस्पताल सूोतले जनाएको छ ।
सेन्डाई नगरपालिका प्रशासनले रेस्टुरेन्ट तीन दिन (सन् २०२५ डिसेम्बर ३१ देखि सन् २०२६ जनवरीसम्म )का लागि बन्द गर्न निर्देशन दिएको छ।