Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #विश्व शान्ति सम्मेलन
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #सम्मान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावी सहकार्यमा बढ्दै कांग्रेस-एमाले
चुनावी सहकार्यमा बढ्दै कांग्रेस-एमाले
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, पुस १७, २०८२

 

हामीले राष्ट्रिय सभा निर्वाचनमा तालमेलबारे छलफल गरिरहेका छौं । प्रतिनिधिसभासम्मै तालमेल गर्ने कि भन्नेबारे पनि छलफल केन्द्रित छ ।
श्यामकुमार घिमिरे
नेता, नेपाली कांग्रेस

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी सहकार्यको सम्भावना बलियो बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिपछि यसअघिका सत्ता साझेदार यी दुई दलबीचको सहकार्य प्रतिनिधिसभा निर्वाचनसम्मै विस्तार हुन सक्ने देखिएको हो ।

अध्यक्ष ओलीले मंगलबारमात्रै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमाले सँगसँगै हुनुपर्ने बताएका थिए । ‘लोकतन्त्रको पुनस्र्थापनाका लागि कांग्रेस र एमाले अहिले एकै ठाउँमा हुनुपर्छ,’ उनले मंगलबार भनेका थिए, ‘निर्वाचनमा पनि सँगै जानुपर्ने हुन्छ ।’

Hardik health

उपाध्यक्ष रामबहादुर थापाले पनि प्रतिनिधिसभा पुनस्र्थापना नभए लोकतन्त्रवादी शक्तिहरूबीच नयाँ संसद् गठनका लागि मोर्चाबन्दी आवश्यक हुने बताएका थिए । उनको यो भनाइलाई कांग्रेस-एमालेबीच चुनावी गठबन्धनतर्फको संकेतका रूपमा हेरिएको छ ।

कांग्रेस र एमालेबीच सघन छलफल भइरहेको छ, लाग्छ हामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा सँगै हुन्छौं ।
महेश बस्नेत
सचिव, नेकपा एमाले

यतिबेला भने कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचनमा तालमेलको गृहकार्य गरिरहेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये १८ पदमा आगामी ११ माघमा निर्वाचन हुने भएको छ । २३ पुसमा उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले तयार गरेको छ । उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा कांग्रेस र एमालेबीच चुनावी सहकार्यबारे छलफल तीव्र बनेको दुवै पक्षका नेताहरूले बताएका छन् ।

विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले एमालेसँग राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनमा तालमेलबारे सघन छलफल भइरहेको बताए । उनले प्रभावसँग भने, ‘हामीले राष्ट्रिय सभा निर्वाचनमा तालमेलबारे छलफल गरिरहेका छौं र प्रतिनिधिसभासम्मै तालमेल गर्ने कि भन्नेबारे पनि छलफल केन्द्रित छ ।’

कांग्रेस र एमालेबीच गत स्थानीय तह उपनिर्वाचनमा देशको ठाउँठाउँमा तालमेल भएको थियो । खासगरी तत्कालीन नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्रमा दुई दलले तालमेल गरेका थिए, जतिबेला दुई दल मुख्य सत्ता सहयात्री थिए ।  तर, जेन-जी विद्रोहपछि मुख्यतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चुनौतीपूर्ण शक्तिको रूपमा अथ्र्याउँदै कांग्रेस र एमाले पनि चुनावी प्रयोजनार्थ एक ठाउँमा उभिन लागेको देखिएको हो । यद्यपि, त्यसबारे दुई दल निर्णयमा पुगिसकेका छैनन् । अहिले घनिभूत छलफलमात्रै भएको नेता घिमिरेले बताए । ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ तर हामीले निर्णय नै चाहिँ गरिसकेका छैनौं,’ उनले भने ।
एमाले सचिव महेश बस्नेतले कांग्रेस र एमालेबीच दुवै सदनको निर्वाचनमा तालमेलको सम्भावना बढेको बताए । उनले देशको राजनीतिलाई सही ट्र्याकमा ल्याउन भए पनि दुई दल चुनावी गठबन्धनमा बाँधिनुपर्ने आवश्यकता रहेको बताए । 

‘अहिले देश अप्ठेरो अवस्थामा छ । यस्तो बेला मुख्य शक्तिहरूबीच सहकार्य हुनुपर्छ र त्यस सन्दर्भमा कांग्रेस र एमाले सघन छलफल भइरहेको छ, लाग्छ हामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा सँगै हुन्छौं,’ उनले भने । नेताहरूका अनुसार दुई दलबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल भए १८ मध्ये नौ/नौ सिट बाँडफाँट गर्ने विषय सहमतिको बिन्दु हुन सक्छ । यी दुई दलबीच तालमेल भए सबै प्रदेशमा क्लिनस्वीपको सम्भावना छ । 

नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, जमनत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरू निर्वाचन प्रक्रियामा सहभागी भएको मात्रै हुन सक्ने स्थिति छ ।  हाल राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टी पहिलो शक्ति हो । निर्वाचनमा तालमेल भए कांग्रेस पहिलो र एमाले दोस्रो दल हुने छ । निर्वाचनमा मतदाता भने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष हुन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको मतभार तोकिसकेको छ । मतदानस्थल र केन्द्र पनि तोकेको छ । प्रदेश राजधानी भएको ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

दलहरूले पनि क्लस्टरअनुसार उम्मेदवार टुंगो लगाउन पार्टीमा छलफल तीव्र बनाएका छन् । आकांक्षीहरू पार्टीको मूल नेताका घरमा धाइरहेका छन् । टिकट दिन नेतृत्वसँग याचना गरिरहेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
अन्योलमा कांग्रेस महाधिवेशन
अन्योलमा कांग्रेस महाधिवेशन बिहीबार, पुस १७, २०८२
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’: महामन्त्री थापा
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’: महामन्त्री थापा बुधबार, पुस १६, २०८२
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै बुधबार, पुस १६, २०८२
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस १६, २०८२
पहिचानवादी नेता रास्वपामा ‘पलायन’
पहिचानवादी नेता रास्वपामा ‘पलायन’ बुधबार, पुस १६, २०८२
समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली
समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP