Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • अन्योलमा कांग्रेस महाधिवेशन
सभापति देउवा भन्छन्- जेसुकै गरुन् कार्यवाहकले नयाँ कार्यतालिका नल्याउँदा अन्योलमा नेताहरु अन्योलमा कांग्रेस महाधिवेशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १७, २०८२

 

अधिवेशन सुरु भइसक्नुपर्ने हो । तर न त रद्द भएको विज्ञप्ति नै आयो, न त नयाँ कार्यतालिका नै आयो ।
गुरुराज घिमिरे
नेता, नेपाली कांग्रेस

काठमाडौं- मंसिर १५ गते जारी गरेको कार्यतालिका हेर्ने हो भने बुधबार देशभरका वडामा नेपाली कांग्रेसको अधिवेशन सुरु हुने थियो । तर राष्ट्रिय मेलमिलाप र एकता दिवसको अवसर पारी गर्ने भनिएको वडा अधिवेशन देशभर कतै पनि भएन ।

यसबारे केन्द्रले कुनै जानकारी नदिएको बताउँछन् नेता गुरुराज घिमिरे । कांग्रेसले न त अधिवेशनको कार्यक्रम रद्द गर्‍यो न त नयाँ कार्यतालिका । यसले आफूहरु अन्योलमा परेको घिमिरे बताउँछन् । ‘अधिवेशन सुरु भइसक्नुपर्ने हो । तर न त रद्द भएको विज्ञप्ति नै आयो, न त नयाँ कार्यतालिका नै आयो,’ घिमिरेले भने ।

Hardik health

पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

असोज २८ गतेदेखि मंसिर १५ सम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले पुसको २६ देखि २८ मा १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । संस्थापनपक्षले वैशाख २७ बाट सुरु गर्नेगरी कार्यतालिका ल्याएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतरपक्षको मन बुझाउनेगरी पुस १६ बाट गर्ने गरी कार्यतालिका ल्याएको थियो ।

तर यो कार्यतालिका अब पूर्णरुपमा प्रभावित बनिसकेको छ । बुधबारबाट अधिवेशनको कार्यक्रम नथालिएपछि विधानतः पुसको मसान्तभित्र विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता अब कांग्रेसको भएको घिमिरे बताउँछन् । यसका लागि आफूहरुले विशेष महाधिवेशन बोलाउन कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकश शर्मालाई आग्रह गरिसकेको उनले बताए ।

घिमिरे विशेष महाधिवेशन पक्षधर हुन् । उनकै अगुवाइमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग यसअघि नै गरेका छन् । नियमित महाधिवेशन नै गर्ने भएपछि आफूहरु मागबाट पछि हटेको तर अहिले केन्द्रीय समितिले आफूहरुलाई झुक्याएको घिमिरेको आरोप छ ।

विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन । नगरी हुन्न भन्ने हो भने मैले के भन्नु ? कार्यवाहक दिएकै छु । जे-जे गरे पनि केही भएन
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस

कांग्रेस महामन्त्री थापाले भने अब विशेष महाधिवेशन बाध्यकारी भइसकेको तर्क गरेका छन् । कांग्रेसमा निषेधको राजनीति बन्द गरेर आत्मविश्वासको राजनीति गर्नुपर्ने र यो विशेष महाधिवेशनबाट मात्र सम्भव हुने थापाको भनाइ छ । ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ,’ महामन्त्री थापाले भनेका छन्, ‘त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ ।’

पार्टीले महाधिवेशन तोकिएको मितिमा नगर्ने छनक देखाएपछि बुधबार विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुको भेला बसेको थियो । उक्त भेलाले पुस २७ भित्र जसरी पनि विशेष महाधिवेशन आयोजना गर्न माग गर्ने निर्णय गरेको यस पक्षका नेता बलदेव तिमल्सिनाले बताए । ‘पुस २७ गतेसम्म विशेष महाधिवेशन जसरी पनि सम्पन्न गर्नका लागि आवश्यक कार्ययोजना, एजेण्डा र चरणबद्व कार्यक्रम गर्ने निर्णय भएको छ,’ तिमल्सिनाले भने । यसका लागि अकुपाइ सानेपा कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको उनले बताए ।

कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भन्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक थालेको छ । यही बैठकस्थलमा पुगेर विशेष महाधिवेशन माग्दै नेताहरुले धर्ना सुरु गर्न थालेका हुन् ।  सभापति शेरबहादुर देउवाले फागुन २१ गतेको निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशन नहुने बताएका छन् । ‘विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन । नगरी हुन्न भन्ने हो भने मैले के भन्नू ? कार्यवाहक दिएकै छु । जे–जे गरे पनि केही भएन,’ देउवाले केही सञ्चारकर्मीसँगको भेटमा मंगलबार भने । 

स्वास्थ्यको कारण देखाउँदै देउवाले असोज २८ गते खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए । निर्णायक विषयहरुमा देउवाले आफैं हस्तक्षेप गर्दै आए पनि महाधिवेशनबारे भने उनी गैरजिम्मेवार रुपमा प्रस्तुत भएका देखिन्छन् । विधानत देउवाको कार्यकाल मंसिर मसान्तसम्म मात्र हो । २०७८ मा देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए ।

देउवानिकट कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत विशेष महाधिवेशनको कुनै तुक नभएको बताउँछन् । प्रतिनिधिसभा निर्वाचनलगत्तै महाधिवेशन गरेर अघि बढ्न सकिने प्रवक्ता महतको तर्क छ । ‘आमनिर्वाचनको लगत्तै प्रक्रिया सुरु गरेर नयाँ नेतृत्व चुन्नु नै पार्टीको हितमा हुन्छ । अहिले विशेष महाधिवेशन भनेर हल्ला गर्नुको तुक छैन,’ महतले भने ।
 


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP