काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता परिवर्तन भएकाे छ । बुधबारदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रवक्तामा आयोगका सहसचिव सुरेश न्यौपाने चयन भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा तोकिएको व्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सूचना जारी गरी जनाएकाे छ । साथै, प्रवक्तासँग टेलिफोन नम्बर: +९७७-१-५२६२२३० मा सम्पर्क गर्न सकिने आयाेगले जनाएकाे छ।