Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा
थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२
Energy Drink Energy Drink

नोमपेन-  दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो लडाइँ समाप्त भएको केही दिन पछि थाइल्यान्डले बुधबार १८ जना कम्बोडियाली सैनिकहरूलाई युद्धबन्दीको रूपमा रिहा गरेको छ ।

दक्षिणपूर्वी एसियाली छिमेकीहरू बिचको पुरानो सीमा विवाद यस वर्ष धेरै पटक सैन्य झडपमा परिणत हुँदा डिसेम्बरमा पछिल्लो चरणको लडाइँमा दर्जनौं मानिस मारिए र दस लाख भन्दा बढी विस्थापित भए ।कम्बोडियाको  सरकारी टेलिभिजनले देखाएको भिडीयोमा रिहा भएका  सैनिकहरू मध्ये केही मुस्कुराएका केहिले हात मिलाइएको र केहिले अङ्कमाल गर्दै सीमावर्ती प्रान्तमा बसको झ्यालबाट भीडलाई उत्साहित गर्न इशारा गरेको देखिएको छ । 

बन्दि सैनिकहरुका परिवारले परिवारको मिलनमा खुसी व्यक्त गर्दै भेट्ने प्रतीक्षा गरिरहेका छन् भने कम्बोडियाको रक्षा मन्त्रालयले १५५ दिनसम्म हिरासतमा राखिए पछि बुधबार १८ जना सैनिकलाई “रिहा गरी सुरक्षित रूपमा मातृभूमिमा फिर्ता गरिएको बताएको छ ।थाइल्यान्डको विदेश मन्त्रालयले पनि उनीहरूको स्वदेश फिर्तीको पुष्टि गर्दै “सद्भावना र विश्वास प्रदर्शनको गरेको बताएको छ ।

दक्षिणपूर्वी एसियाली छिमेकीहरू शनिबार युद्धविरामका लागि सहमत भएसँगै झडपहरू–तोपखानाको बमबारी र हवाई आक्रमण बन्द भएको जनाइएको छ । द्वन्द्व उनीहरूको ८०० किलोमिटर सिमानाको औपनिवेशिक युगको सीमांकनलाई लिएर क्षेत्रीय विवादबाट उत्पन्न भएको हो, जहाँ दुवै पक्षले शताब्दीयौँ पुरानो मन्दिरका भग्नावशेषहरू दावी गरेका छन् ।

Ncell
Hardik health

शनिबार हस्ताक्षर गरिएको युद्धविराम अन्तर्गत कम्बोडिया र थाइल्यान्डले युद्धविराम गर्ने, सेनाको गतिविधि रोक्ने र आफ्नो सीमामा सुरक्षा प्रयासमा सहयोग गर्ने वाचा गरेका छन् । उनीहरूले सीमावर्ती क्षेत्रबाट विस्थापित नागरिकहरूलाई लामो युद्धबाट सकेसम्म चाँडो घर फर्कन अनुमति दिन पनि सहमत भए, सहमती बमोजिम थाइल्यान्डले युद्धविराम पछि १८ जना बन्दी कम्बोडियाली सैनिकहरूलाई ७२ घण्टा भित्र फिर्ता गर्नुपर्ने थियो ।

कम्बोडियाले जुलाई–२९ मा आफ्ना सैनिकहरूलाई थाई सेनाले कब्जा गरेको बताएको छ–युद्धविरामको लगभग आठ घण्टा पछि पाँच दिनको घातक झडपहरू रोकिएका जनाइएको छ । पाँच महिना पछि, थाइल्यान्डले कम्बोडियालाई आफ्नो इलाकामा २५० भन्दा बढी ड्रोन उडाएर सम्झौता उल्लङ्घन गरेको आरोप लगाए पछि, युद्धविराम समाप्त भएको थियो । 

बुधबार नोम पेन्हबाट कम्बोडियाका सूचना तथा सञ्चार मन्त्री नेथ फेक्ट्राले आफ्ना १८ वीर सैनिकहरू“ कम्बोडियाको भूमिमा फर्किएको पुष्टि गरेका छन् ।  मानवीय पर्यवेक्षकका रूपमा सैनिकहरूको फिर्तीलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय रेड क्रस समिति (आइसीआरसी) ले उनीहरूको रिहाइलाई स्वागत गरेको छ ।

आईसीआरसीका अध्यक्ष मिर्जाना स्पोल्जारिकले विज्ञप्ति मार्फत उनीहरूको घर फिर्तिले परिवारहरूलाई पुनर्मिलन गर्न र दुई देशहरू बीच विश्वास निर्माण गर्न अनुमति दिइ “स्थायी शान्तिको मार्गलाई समर्थन गरेको बताएका छन्  ।  यस अघि संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले जुलाईमा कम्बोडिया र थाइल्यान्डबिचको लडाइँ अन्त्य गर्न मध्यस्थता गरेको थियो, यद्देपी युद्धविराम भने अल्पकालीन थियो ।

अक्टोबरमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छिमेकीहरूले आफ्नो युद्धविराम लम्ब्याउन सहमत भए पछि नयाँ व्यापार सम्झौताहरूको चर्चा गर्दै घोषणामा हस्ताक्षरको निरीक्षण गर्न मलेसिया गएका थिए ।  सम्झौताले थाइल्यान्डले कब्जा गरिएका कम्बोडियाली सैनिकहरूलाई “युद्धको बन्दी“ भन्दै “तुरुन्तै रिहा“ गर्ने बताएको थियो ।

तर सीमामा गस्ती गर्दा थाई सैनिकहरू वारुती सुरुङमा घाइते भएपछि ब्याङ्ककले सम्झौता स्थगित गरेको थियो ।  दुई देश शनिबार लडाइँ रोक्न सहमत भए पनि उनीहरूले अझै पनि आफ्नो विवादित सीमाको सीमांकन समाधान गर्न आवश्यक रहेको जनाइएको छ । कम्बोडियाले सोमबार थाइल्यान्डलाई जनवरीको सुरुमा कम्बोडियामा हुने द्विपक्षीय बैठकमा सामेल हुन सर्वेक्षण र सीमांकन कार्यबारे छलफल गर्न र जारी राख्न“ आह्वान गरेको बताएको छ ।तर थाइल्यान्डले फेब्रुअरीमा आम चुनाव सम्पन्न गरेपछि अर्को सरकारको लागि कार्य पर्खनु पर्ने हुन सक्ने मंगलबार बताएको छ ।
 
 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP