मेलबर्न- अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो हप्तामा एक सय जना भन्दा बढीलाई पक्राउ गर्नुका साथै ३० वटा हतियार जफत गरिएको प्रहरीले मंगलबार जनाएको छ ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा मंगलबार प्रहरीले प्रकाशित गरेको तथ्यांक अनुसार डिसेम्बर–८ मा चार प्रमुख मेलबर्न सपिङ सेन्टरमा सुरक्षा अभियान सुरु भए देखि १०९ जनालाई पक्राउ गरिएको छ ।भिक्टोरिया प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथमा छुरी हथौडा डस्टरको सेटहरु लगायतका खजना जफत गरिएको जनाएको छ ।
मेलबर्न सपिङ सेन्टरहरूमा हिंसात्मक घटनाहरूको शृङ्खला बढे पछि सुरक्षा कारबाही स्थापना गरिएको थियो ।भिक्टोरिया प्रहरीकाका क्षेत्रीय अपरेसनका उपायुक्त बब हिलले किनमेल केन्द्रहरूमा प्रहरी र सुरक्षात्मक सेवा अधिकारीहरूको उपस्थिति जारी रहेको बताएका छन् ।
सबैले सुरक्षित महसुस गर्नुपर्ने ठाउँमा हिंसा, आक्रामकता र हतियार ल्याउनेहरूको विरुद्ध प्रहरी खडा हुने उनले बताएका छन् । भिक्टोरिया प्रहरी अपरेसन अन्तर्गत २१७ वटा अपराध दर्ता भएका छन्, जसमध्ये ७५ वटा चोरीसँग सम्बन्धित भएको जनाइएको छ ।भिक्टोरियाको क्राइम स्ट्याटिस्टिक्स एजेन्सीको पछिल्लो तथ्यांकले १२ महिना देखि सेप्टेम्बरसम्म चोरीका ४१ हजार ७८९ वटा घटना दर्ता भएको देखाएको छ, जुन अघिल्लो १२ महिनामा ३६ हजार १८१ थियो ।