Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड
साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १५, २०८२

विराटनगर-  विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड दिइएकाे हाे । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योग नै रोजगारी सृजनाको मुख्य आधार भएको उल्लेख गर्दै यसको संरक्षण बिना आर्थिक समृद्धि सम्भव नभएको बताए। जेनजी आन्दोलनपछि शिथिल बनेको अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन विराट ट्रेड एक्स्पो प्रभावकारी प्लेटफर्म बनेको बताउँदै घिमिरेले भने,“बैंकमा तरलता छ तर ऋण प्रवाह सहज छैन, कर र श्रम नीतिले उद्यमीलाई थप दबाब दिएको छ, उत्पादनमुखी अर्थतन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ।”

घिमिरेले ऊर्जा, श्रम, व्यापार र बजारसम्बन्धी स्थायी नीतिको अभावले साना तथा मझौला उद्योग समस्यामा परेको उल्लेख गर्दै ट्रिपिङ र लो–भोल्टेजका कारण उत्पादन लागत बढेको बताए। आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनले नेपालमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई नीतिगत संरक्षण दिनुपर्नेमा जोड दिए। कृषिमा आधारित उद्योग, ऊर्जा क्षेत्र, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा कोशी प्रदेशमा प्रशस्त सम्भावना रहेको उनले औंल्याए।

उदय परियोजनाका ‘रिस्क शेयरिङ लिड’ उत्सव घिमिरेले साना तथा मझौला उद्योगको इकोसिस्टम सुदृढ गर्न समावेशी राजनीतिक र आर्थिक संस्थाको आवश्यकता औंल्याए। “बैंक ऋण बाहेक वैकल्पिक वित्तीय साधन नहुँदा उद्यमशीलता बढ्न सकेको छैन,” उनले भने। अवधारणामा आधारित उद्यमलाई कोलाटरल बिना समेत सहजीकरण गर्नुपर्ने र स्टार्टअपको लाइफसाइकलअनुसार सहयोग आवश्यक रहेको उनको सुझाव थियो। प्रविधि, एआई र ग्लोबल बजार पहुँचमा जोड दिँदै उनले सिड मनी र अनुदान प्रणाली अझ व्यवस्थित गरिनुपर्ने बताए । 

Ncell
Hardik health

सरकारले दिने सब्सीडी चाहिने व्यक्तिले नै प्राप्त गर्न नसकेको हो कि भन्ने पनि भएको बताउँदै उनले इकोसिस्टम बिल्डिङमा काम गर्नुपर्ने बताउँदै भने,‘‘कन्सेप्टमा मात्र बैंकले काम नगर्ने भएकोले सरकारी तवरबाट हुने अनुदान अझ व्यवस्थित हुनुपर्छ ।’’युवा उद्यमी प्रतीक राउतले देशका करिब ९० प्रतिशत उद्योग साना तथा मझौला रहेको उल्लेख गर्दै २०२६ पछि विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दा ग्लोबल प्रतिस्पर्धाका लागि ब्रान्डिङ, इमेज बिल्डिङ र सूचना प्रविधिमा लगानी अपरिहार्य हुने बताए। “फिक्स क्यापिटलको आधारमा मात्र एसएमईको परिभाषा बनाउनु उपयुक्त छैन,” उनले भने।

इमेज बिल्डिङ अर्को चुनौती रहेको भन्दै राउतले इन्फरमेसन टेक्नोलोजीमा थप काम गर्न सकिने सुझाव दिदैं भारत र चीनलाई हेरेर भन्दा पनि साना तथा मझौला उद्यमको क्षेत्रमा काम गनुपर्नेमा जोड दिए । निर्यात गर्दा भ्यालु एड गरे ग्लोबल मार्केटमा कसरी बिक्री र प्रतिस्पर्धा गर्ने भन्नेमा ध्यान दिइनु पर्ने बताउँदै उनले भने,‘‘साना तथा मझौला उद्यमलाई फोकस गरेर नीतिहरु बनाइनु पर्छ । फिक्स क्यापिटलको आधारमा मात्र परिभाषा बनाइएको छ त्यो परिवर्तन गर्न आवश्यक छ ।’’ अहिलेको जेनेरेसनलाई कस्तो वातावरण दिने भन्ने राज्य र सरकारले पनि सोच्नु पर्नेमा उनले जोड दिए ।  

उद्यमी अमित शारडाले सकारात्मक सोचले नै विकासको गति बढाउने उल्लेख गर्दै पछिल्ला २० वर्षमा धेरै परिवर्तन भए पनि अपेक्षित गतिका लागि सरकारी सक्रियता आवश्यक रहेको बताए। गुणस्तरीय उत्पादनले निर्यात बढ्ने र नयाँ आइडिया सफल हुन समय लाग्ने उनको भनाइ थियो।

विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले पछिल्लो समय सरकार लचिलो र सहजीकरणको भूमिकामा देखिएको बताए। “डिजिटल माध्यमबाट बजार पहुँच सहज भएको छ,” उनले भने, “स्थानीय, प्रदेश र संघीय सरकारले अवसरका ढोका खोल्दै गएका छन्।”घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, नवीकरण, तालिम, प्रविधि हस्तान्तरण र ब्रान्डिङमा प्रदेश सरकारको नीतिअनुसार काम भइरहेको जानकारी दिए। महिला उद्यमीलाई दर्तामा राजस्व छुट दिइने र बजार मागअनुसार नयाँपनसहित उद्यम सुरु गरे सफल हुने उनले बताए।

सेसनमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक प्रज्वल आचार्यले बीमा आवश्यकताबारे प्रस्तुति दिएका थिए भने इक्विटी विकासकर्ताहरूको पहलसम्बन्धी छलफल पनि गरिएको थियो। विराट ट्रेड एक्स्पोले निजी क्षेत्रको व्यापार प्रवर्द्धनसँगै उद्यमशीलता विकासको महत्वपूर्ण मञ्चका रूपमा भूमिका निर्वाह गरिरहेको सहभागीहरूको निष्कर्ष थियो।
 


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बुधबार, भदौ १७, २०८३
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन बिहीबार, भदौ ४, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा  १७६ सगरमाथा आरोहीलाई सम्मान
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा १७६ सगरमाथा आरोहीलाई सम्मान बुधबार, जेठ १३, २०८३
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध आइतबार, वैशाख ६, २०८३
आजदेखि देशभर आर्थिक गणना हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै बुधबार, वैशाख २, २०८३
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP