Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १४, २०८२

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आफू मन्त्री भएपछिको दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताएकी छिन्  । स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू आज सार्वजनिक गर्दै उनले बताएकी हुन् । 

उनले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन् ।  मन्त्री गौतमले विभिन्न नीतिगत निर्णय तथा अनुगमन र निरीक्षणका गतिविधि सार्वजनिक गरेकी छिन् । उनले स्वास्थ्य क्षेत्रमा सुशासन, सेवा गुणस्तर र पहुँच सुधारमा ठोस आधार तयार गरेको उल्लेख गरेकी थिइन् । डा गौतमले कात्तिक ९ गते स्वास्थ्य मन्त्रीको पदभार ग्रहन गरेकी हुन्  ।  

उनका अनुसार स्वास्थ्य बिमासम्बन्धी विद्यमान समस्या र चुनौती पहिचान गर्न विज्ञसहितको समिति गठन गरिनुकासाथै स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भइ कार्य प्रारम्भ हुनुका साथै स्वास्थ्य बिमावापत अस्पताललाई भुक्तानी हुन बाँकी रकम निकासका लागि अर्थ मन्त्रालय पठाइएको छ ।

Hardik health

आज सार्वजनिक गरिएको उपलब्धि विवरणहरूमा औषधि उत्पादन, आयात, वितरण र मूल्य नियन्त्रणलाई व्यवस्थित गर्न विज्ञ समिति गठन गरिएको उल्लेख गरिएको छ । नेपाल औषधि प्रयोगशालालाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको, साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम)स्वीकृतिका लागि आवश्यक पूर्वतयारी कार्य सुरु गरिएको छ । स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति प्रणाली सुधार गर्न विज्ञ समिति गठन गरी खरिद प्रक्रिया, निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको, स्थानीय तहका ५, १० र १५  शैय्याका आधारभूत अस्पतालहरूका लागि न्यूनतम सेवा मापदण्डअनुसार आवश्यक औजार उपकरणको सूची तयार भइ स्वीकृत दिइएको छ ।

जोखिमयुक्त गर्भवतीको पहिचान र सेवामा पहुँच बढाउन लक्षित कार्यक्रम सञ्चालन गरिएको, कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसियू) सेवा सुदृढीकरण गरिएको विवरणमा उल्लेख छ ।  सोह्र वटा सङ्घीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरी सेवा सुरु गरिएको, जेनजी आन्दोलनका घाइतेलाई जेनजेड क्लीनिकमार्फत मनोसामाजिक सेवा प्रदान गरिनुका साथै ‘स्वास्थ मन, स्वस्थ जीवन’ नामक मानसिक स्वास्थ्य सचेतना अभियान गरिएको । त्यसैगरी सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरी पुनःस्थापना गर्ने कार्यको तयारी पूरा भइ सो कार्य पुसको तेस्रो हप्तादेखि सुरुवात हुने विश्वास व्यक्त गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य जानकारी, जनशक्ति परिचालन र सेवा पहुँच विस्तारमा ध्यान दिनुका साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गर्दै टेलिमेडिसन सेवा विस्तारको तयारी भइरहेको विवरणमा उल्लेख छ ।


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम सोमबार, जेठ ११, २०८३
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP