Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने
चीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १४, २०८२

एएफपी- चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् ।

केन्द्रीय बैंकअन्तर्गतको मिडिया आउटलेट फाइनान्सियल न्युजमा लेख्दै डेपुटी गभर्नर लुले भविष्यको डिजिटल युआन आधुनिक डिजिटल भुक्तानी तथा परिसंचरणको माध्यमका रूपमा विकसित गरिने बताएका छन् । उनका अनुसार डिजिटल युआन वित्तीय प्रणालीभित्रै जारी र प्रसारित हुनेछ र यसले विद्यमान भुक्तानी संरचनालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

उनले डिजिटल युआनको विकासमा अर्को महत्त्वपूर्ण चरणका रूपमा ‘नयाँ पुस्ता’ प्रणाली जनवरी १ बाट कार्यान्वयनमा आउने जानकारी दिए । उक्त प्रणालीले मापन ढाँचा, व्यवस्थापन संरचना, सञ्चालन संयन्त्र र समग्र इकोसिस्टमलाई समेट्नेछ । यसले डिजिटल युआनको प्रयोगलाई अझ व्यवस्थित र व्यापक बनाउने लक्ष्य लिएको छ ।

Hardik health

घोषित कार्ययोजनाअन्तर्गत बैंकहरूले डिजिटल युआन खातामा ग्राहकहरूले राखेको मौज्दातमा ब्याज प्रदान गर्ने व्यवस्था गरिनेछ । यसलाई डिजिटल युआनको प्रयोग र स्वीकार्यता बढाउनका लागि महत्त्वपूर्ण प्रोत्साहनका रूपमा हेरिएको छ ।

यस योजनामा साङ्घाईको पूर्वी वित्तीय केन्द्रमा अन्तर्राष्ट्रिय डिजिटल युआन सञ्चालन केन्द्र स्थापना गर्ने प्रस्ताव पनि समावेश गरिएको छ । यसले डिजिटल युआनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न र सीमापार भुक्तानीमा यसको प्रयोग बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

विश्वभरका मौद्रिक अधिकारीहरूले पछिल्ला वर्षहरूमा मुद्रालाई डिजिटल बनाउने उपायहरू सक्रिय रूपमा खोजिरहेका छन् । कोभिड–१९ महामारीको समयमा अनलाइन तथा डिजिटल भुक्तानीमा आएको तीव्र वृद्धि र बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीहरूको बढ्दो लोकप्रियताले यस प्रक्रियालाई थप गति दिएको विश्लेषण गरिन्छ । चीनको केन्द्रीय बैंक पिबिओसीले सन् २०१४ देखि नै डिजिटल मुद्रामा काम गर्दै आएको छ । यस अवधिमा उसले विभिन्न पाइलट परियोजनामार्फत ‘डिजिटल युआन’ वा ‘ई–सिएनवाई’ को प्रयोग परीक्षण गर्दै आएको छ ।

हाल चीनभरका उपभोक्ताहरू मोबाइल र अनलाइन भुक्तानीमा अत्यधिक निर्भर भइसकेका छन् । तर डिजिटल युआनमार्फत केन्द्रीय बैंकले निजी प्रविधि कम्पनीहरूमा निर्भर नरही भुक्तानीसम्बन्धी डाटा र प्रणालीमा थप प्रत्यक्ष पहुँच र नियन्त्रण कायम गर्न सक्ने विश्वास गरिएको छ । यसले चीनको वित्तीय प्रणालीलाई अझ सुदृढ र केन्द्रीयकृत बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP