काठमाडाैं - विज्ञापनकाे नीतिगत सुधारका लागि सहजिकरण गरिने संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन् । विज्ञापन बाेर्डकाे अनुगमन,नियमन र व्यवस्थापन सम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाइ सम्बेाधन गर्दै उनले साे बताएका हुन् ।
विज्ञापन बेार्डकेा अनुगमन,नियमन र व्यवस्थापन सम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्याल, गण्डकी प्रर्देशका प्रमुख सचिव डण्डुराज घिमिरे,विज्ञापन बेार्डका अध्यक्ष लक्ष्मण हुमागाइलगायत उपस्थित रहेका थिए ।
संचारमन्त्री खरेलले भने,' संघ र प्रदेशबीचकेा अस्थिरता छ त्यसैले संघीयताकाे व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । हाम्रो जग स्थानीय सरकार नै हो तर जवाफदेही प्रदेश र स्थानीय बन्नुपर्याे । ' उनले थपे,' पेशागत सक्रियता र परिणाम चाहिन्छ । अब राजनीतिमा परिवर्तन आउनुपर्छ, सही नेतृत्व चुन्नुपर्छ । आज राजनीतिक दलले समानुपातिक सूचि बुझाउँदैछन् त्यसैले निवाचनकाे सुनिश्चित भएकाे छ ।'
उनले स्थानीय सरकारको अनुभूति जनतालाइ दिन सुझाए । उनले विज्ञापनकाे नीतिगत सुधारका लागि सहजिकरण गर्ने बताृए ।