Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • बंगलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन
बंगलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १४, २०८२
Energy Drink Energy Drink

ढाका- बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक संगठन (एनसिपी) सँग सिट बाँडफाँडका लागि सम्झौताको घोषणा गरेको छ । केही विद्यार्थी नेताहरूले गठबन्धनको विरोध गरेका छन् ।

सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि हुन लागेको पहिलो चुनावबाट जमात–ए–इस्लामीले बहुमत ल्याउने र सरकारको नेतृत्व लिन तम्तयार बनेको देखिन्छ । पूवै पूधानमन्त्री हसिनाको १५ वर्षे निरंकुश शासनमा दबाइएका इस्लामिक आन्दोलनहरू उनको पतनपछि पुनः संगठित भएका छन् र जमातले फेब्रुअरी १२ को मतदानलाई दशकौँको सबैभन्दा ठूलो अवसरको रूपमा हेरेको पाइन्छ । 

आइतबार जमातले लामो वार्तापछि विद्यार्थी नेतृत्वको नेशनल सिटिजन पार्टीसँग सम्झौता गरेको बताएको छ, जसमा एनसिपीका केही सदस्यहरूले यस कदमको विरोधसमेत गरेका छन् । जमातका नेता शफिकुर रहमानले सानो लिबरल डेमोक्र्याटिक पार्टीसँग छुट्टै सम्झौताको घोषणा गरेका छन् । 

उनले भने, “हामी गठबन्धनमा आठ दल थियौँ । अहिले दुई नयाँ दल हामीमा आएका छन्।”जमातको नेतृत्वमा रहेको गठबन्धनमा इस्लामिक धर्मप्रति विशेष वफादार राजनीतिक दलहरूको प्रभुत्व छ, जसमध्ये अधिकांशले अघिल्लो संसद्हरूमा थोरै मात्र सिट जित्न सफल भएका थिए । 

Ncell
Hardik health

करिब १७ करोड जनसङ्ख्या भएको बहुसङ्ख्यक मुस्लिम राष्ट्र बंगलादेशमा सन् २०२४ को विद्रोहपछि देशमा राजनीतिक अस्तव्यस्तताको अवस्था रहेको छ। इस्लामवादी शक्तिहरूको पुनरुत्थानले जनसङ्ख्याको १० प्रतिशत भन्दा कम रहेको सुफी मुस्लिम र हिन्दूसहितका समूहमा चिन्ता पैदा गरेको छ।

कट्टरपन्थी इस्लामिक समूहहरूले संगीत र नाटक महोत्सव, महिला फुटबल खेल र चंगा उडाउने उत्सवसहित सांस्कृतिक गतिविधिहरूमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।जमातसँग गठबन्धन हुनुअघि एनसिपीका कम्तीमा ३० जना सदस्यले पार्टी प्रमुख नाहिद इस्लामलाई पत्र लेख्दै सहमतिको विरोध गरेका थिए ।

शनिबार एक पत्रमा उनीहरूले एनसिपीको विचारधारा र लोकतान्त्रिक मूल्यहरूप्रति उसको प्रतिबद्धता जमातको भन्दा भिन्न रहेको बताएका छन् ।एनसिपीको टिकटमा चुनाव लड्न खोजेकी तस्नीम जाराले शनिबार पार्टीबाट राजीनामा दिनुभएको छ भने आइतबार अर्का आकाङ्क्षी उम्मेदवार तस्नुवा जाबिनले पनि राजीनामा दिएका छन् । 

पार्टीकी वरिष्ठ नेता सामन्था शर्मिनले आइतबार एक सामाजिक सञ्जालमा लेखेका छन् , “इस्लामवादीहरूसँगको गठबन्धनका लागि पार्टीले ठूलो मूल्य चुकाउनु पर्नेछ।” लोकतान्त्रिक, समतामूलक र जनमुखी हुने मध्यमार्गी राजनीतिको वाचा गर्दै गत मार्चमा एनसिपीको गठन भएको थियो ।

पार्टीले जमातसँगको गठबन्धनको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन। हसिनाको अवामी लिगलाई निर्वाचनमा सहभागी हुनबाट प्रतिबन्ध लगाएपछि बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले चुनाव जित्ने अनुमान गरिएको छ । बिएनपीका कार्यबाहक अध्यक्ष तारिक रहमान १७ वर्ष बेलायतमा निर्वासनमा बसेर बिहीबार स्वदेश फर्किएपछि उहाँको दलमा ऊर्जा पुगेको देखिएको छ ।
 


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP