ढाका - बंगलादेशमा सन् २०२५ मा एक लाख दुई हजार ५६२ जना डेंगुबाट सङ्क्रमित भएका र ४१२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्यांकअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति डेंगुबाट सङ्क्रमित भएका छन् ।
यो सङ्ख्या नोभेम्बर सङ्क्रमित भएको सङ्ख्याको एक तिहाई मात्र हो । नोभेम्बरमा कुल २४ हजार ५३५ व्यक्तिमा डेंगु सङ्क्रमण भएको थियो । महानिर्देशनालयका अनुसार डेंगुका सङ्क्रमितमध्ये डिसेम्बरमा ३०, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको थियो ।बंगलादेशमा सन् २०२४ मा एक लाखभन्दा बढी व्यक्ति डेंगुबाट सङ्क्रमित भएका थिए भने ५७५ जनाको मृत्यु भएको थियो ।
बंगलादेशले सन् २०२३ मा डेंगुसँग सम्बन्धित एक हजार ७०५ जनाको मृत्यु भएको रेकर्डमा छ । यो बितेका तीन बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु सङ्ख्या हो । सामान्यतया बंगलादेशमा मनसुनको मौसममा लाग्ने रोग, डेंगु ज्वरो अहिले सामान्यतया जुन–सेप्टेम्बर अवधिभन्दा बढी समयसम्म फैलिरहेको पाइन्छ ।डेंगु रोग एडिस एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान, अत्यधिक मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता र डाबर आउनेजस्ता लक्षणहरू निम्त्याउँछ। डेंगुको बढ्दो सङ्ख्यासँग लड्न बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।