Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन
शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १३, २०८२

एएनआई- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त गर्ने चेतावनी दिएका छन् । शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

आरटीको रिपोर्टअनुसार राष्ट्रपति पुटिनले भने, “यदि किएभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै लक्ष्य हासिल गर्नेछ ।” उनका अनुसार रुसी-युक्रेनी सीमामा बफर जोन स्थापना गर्ने काम योजनाअनुसार अघि बढिरहेको छ र रुसी सेनाले डोनबास र जापोरिजिया क्षेत्रको सम्पूर्ण सम्पर्क रेखामा प्रगति गरिरहेको छ ।

राष्ट्रपति पुटिनले चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभ र विभिन्न युद्ध समूहका कमान्डरहरूसँग भेटवार्ता गरेपछि यो धारणा सार्वजनिक गरेका हुन् । तास समाचार एजेन्सीका अनुसार उनले जापोरिजिया क्षेत्रमा गुलाइपोल र डोनेट्स्क पिपल्स रिपब्लिक (डिपिआर) अन्तर्गत दिमित्रोभ क्षेत्र मुक्त गरिएकोबारे जानकारी लिएका थिए  ।

Hardik health

आरटीको रिपोर्टमा उल्लेख गरिएअनुसार राष्ट्रपति पुटिन र जनरल स्टाफ प्रमुखका टिप्पणीले किएभका सत्ताधारी नेताहरू द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न ‘कुनै हतारमा नरहेको’ संकेत गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने चार वर्षदेखि जारी युद्धका क्रममा रुसले कब्जा गरेको भूभाग र जापोरिजिया आणविक ऊर्जा संयन्त्र (जेडएनपिपी) युक्रेनका लागि ‘रेड लाइन’ भएको दोहोर्‍याएका थिए । उनले ती विषयमा कुनै पनि संवेदनशील निर्णय जनमतसङ्ग्रह वा विधायी प्रक्रियामार्फत युक्रेनी जनताको परामर्शबिना सम्भव नहुने स्पष्ट पारेका छन् । यी टिप्पणी उनले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटअघि गरेका थिए ।

सामाजिक सञ्जाल एक्समा पोस्टहरूको शृङ्खलामार्फत राष्ट्रपति जेलेन्स्कीले अमेरिका प्रस्थान गर्ने क्रममा युक्रेनले भविष्यको कुनै पनि समाधानमा अझै नसुल्झिएका मुद्दाहरू कम गर्ने प्रयास गरिरहेको उल्लेख गरेका छन्  । तर उनका अनुसार क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा संयन्त्र र राष्ट्रिय सार्वभौमिकतासँग सम्बन्धित विषयहरू अत्यन्त संवेदनशील छन् ।

राष्ट्रपति जेलेन्स्कीले कुनै पनि शान्ति प्रक्रियामा युक्रेनका लागि बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टी नै सर्वोच्च प्राथमिकता रहेको कुरामा जोड दिएका छन् । 


प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP