काठमाडाैं - सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पाेखरामा आयाेजित आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रमकाे उद्घाटन गरेका छन् ।
संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकेा समन्वयमा आयेाजित कार्यक्रममा आमसन्चार क्षेत्रमा रहेका समस्या,अनलाइन मिडया तथा पत्रकारिता क्षेत्रका सनसामयिक यवाललगायत विषयमा सरेाकारवालाबीच अन्तरक्रिया भइरहेकाे छ ।
'पछिल्लाे समय मिडिया संकटमा छ। मिडियाकेा संकट र चुनैातीप्रति जानकार छु । प्रजातन्त्र बहालीपछि नेपालमा च्याउसरी मिडिया विकास भए मिडियाकेा संख्या बढेकाले व्यवसायिक बन्न जुनैाती अस्वस्थ्य प्रतिस्पर्धा छ,' मन्त्री जगदीश खरेलले बताए ।
उनले भने ,'देशका अर्थतन्त्र चलायमान नभइ मिडियाकेा व्यवसायिकता र दिगाेपना चुनाैती छ आर्थिक रुपले धान्न गाह्राे छ राज्यका कल्याणकारी विज्ञापन सही प्रयेाग भएका छैनन्। डिजिटल मिडिया नै आजका मूलधारका मिडिया हुन् । '
अब नयाँ मूलधारका मिडियालाइ प्राथमिकता सरकारले अनलाइन टिभी दर्ता र कल्याणकारी सहयेाग गर्छ अह मिडियाका ट्रान्सफरमेशन जरुरी भइसकेकाे र लगानीकाे वातावरण बनाउन सरकारले सहजिकरण गर्ने उनले बताए ।