Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ११, २०८२

काँक्रेविहार -   कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरणको काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट बोलपत्र आह्वान गरेर दोस्रो चरणको काम सुरु गर्न लागिएको हो ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर एकाइ कार्यालयले प्याकेज–२ (दोस्रो चरण) का लागि ग्लोबल बोलपत्र खुलाएसँगै कामले तीव्रता पाएको आयोजना प्रमुख सञ्जीवकुमार शाहले बताए । विसं २०८१ भदौ १३ गते एकाइ कार्यालय सुर्खेतले पहिलो चरणको कामका लागि चिनियाँ सिञ्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल कोअपरेसन कम्पनीसँग सम्झौता गरेको थियो ।

तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग रु तीन अर्ब ५० करोड आठ लाखको लागतमा सम्झौता भई काम अघि बढेको थियो । नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग परियोजनाअन्तर्गत कार्यान्वयन गरिरहेको यो आयोजनाले वीरेन्द्रनगरका पाँच लाख स्थानीयलाई खानेपानीको सुविधा पु¥याउने लक्ष्य लिएको आयोजना प्रमुख शाहले जानकारी दिए ।

Hardik health

उनका अनुसार प्याकेज–२ मा ८०० किलोमिटर लम्बाइको पानी वितरण गर्ने लाइन निर्माण, झुर्पामा खानेपानी शुद्धीकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोल, बोरिखोला तथा इत्रामस्थित इन्टेकको स्तरोन्नति, झुप्रा, खरिखोला–बोरिखोला तथा इत्रामबाट ट्रान्समिसन जडान गर्न बोलपत्र आह्वान भएको छ । 

इत्राम क्षेत्रमा एक हजार ५०० घनमिटर क्षमताको ट्यांकी निर्माण र स्वाचालित डाटा संकलन प्रणाली जडानका काम दोस्रो चरणमा गरिनेछ । पहिलो चरणमा संरचना निर्माण भइरहेको छ ।  “आयोजना निर्माणस्थलमा रहेका चार सामुदायिक वनमध्ये दुई वटामा रुख कटानको काम पूरा भएको छ, भने अन्य दुईमा रुख कटान भइरहेको छ । सामुदायिक वनमा सात किलोमिटर पाइप लाइन निर्माण गर्न छिट्टै रुख कटानको काम सुरु गरिनेछ”, शाहले भने । आयोजनाको मुहान क्षेत्रमा इन्टेक र पानी शुद्धीकरण गरिने क्षेत्रमा संरचना निर्माण सुरु हुन लागेको उहाँको भनाइ छ । 

मुख्य प्रसारण लाइनमा पर्ने रुख कटानसँगै अमृतडाँडामा तीन वटा मुख्य ट्यांकी निर्माण सुरु भएको शालले जानकारी दिए । “आयोजनाको मुहानसम्म पहुँचमार्ग निर्माण पनि अघि बढाउन लागिएको छ । पानी वितरणका लागि ३४ किलोमिटर पाइप लाइन विछ्याउनुपर्नेमा हालसम्म २३ किमीको ठेक्का लागेर १२ किमीमा पाइप लाइन विस्तार सम्पन्न भएको छ”, उनले भने । 

 प्रदेश राजधानीमा बढदै गएको जनघनत्वलाई मध्यनजर गर्दै खानेपानीको आयोजना निर्माण गर्न लागिएको छ । हाल वीरेन्द्रनगरमा भूमिगत पानी तथा अन्य साना खानेपानीका आयोजनाबाट राजधानीवासीले पानी उपभोग गरिरहेका छन् । तीन तहका सरकारको संयुक्त पहलमा यो काम सुरु भएको छ । 

तत्कालीन जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले उक्त आयोजनामा प्रदेश सरकारको पनि लगानी गर्न पहिलोपटक पहल गरेका थिए । उनले विश्व बैंकको वित्तीय सहयोग लिनका लागि पनि पहल गरेका थिए । सो समयमा सल्यान सदरमुकाम र सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सहमति दिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले  रुद्राक्ष रोपे
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले रुद्राक्ष रोपे शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP