ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।आज विहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको हाे ।
सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज विहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए ।