Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित
फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ९, २०८२
Energy Drink Energy Drink

एपी- फ्रान्सको संसद्ले मंगलबार अमेरिकी शैलीको सरकारी शटडाउन हुन नदिन तयार पारिएको एक आपतकालीन विधेयक पारित गरेको छ । सन् २०२६ को बजेटबारे वार्ता जारी रहँदा अर्को हप्तादेखि सरकारी कामकाज अवरुद्ध हुने सम्भावना देखिएपछि यो विधेयक ल्याइएको हो ।

नयाँ वर्ष सुरु हुन केही दिन मात्र बाँकी रहँदा राष्ट्रपति इमानुएल म्याक्रोन र उनको मन्त्रिपरिषद् सोमबार राति संक्षिप्त मस्यौदा कानून प्रस्तुत गर्न बैठकमा बसेको थियो । मन्त्रिपरिषद्का अनुसार उक्त विधेयकको उद्देश्य ‘राष्ट्रिय जीवनको निरन्तरता र सार्वजनिक सेवाहरूको नियमित सञ्चालन सुनिश्चित गर्नु’ हो । यसअन्तर्गत कर सङ्कलनलाई निरन्तर राख्ने र सन् २०२५ को बजेटमा तय गरिएका कर तथा खर्चको स्तरका आधारमा स्थानीय निकायहरूलाई कोष वितरण गर्ने व्यवस्था समावेश गरिएको छ ।

फ्रान्सेली संसद्को शक्तिशाली तल्लो सदन राष्ट्रियसभामा सांसदहरूले विधेयकमा केही संशोधन गरेपछि मङ्गलबार साँझ अनुमोदनका लागि मतदान गरेका थिए । त्यसपछि माथिल्लो सदन सिनेटले पनि यसलाई पारित गरेको छ । मरिन ले पेनको अति-दक्षिणपन्थी नेसनल र्‍याली, वामपन्थी शक्तिहरू र राष्ट्रपति म्याक्रोनको मध्यमार्गी अल्पसङ्ख्यक सरकारबीच गहिरो राजनीतिक विभाजन रहे पनि विधेयक पारित हुन सफल भएको छ ।

Ncell
Hardik health

अब अझ चुनौतीपूर्ण चरण बाँकी छ । सन् २०२६ का लागि पूर्ण र दीर्घकालीन बजेट तयार पार्नु र नयाँ राजनीतिक संकटबाट देशलाई जोगाउनु सरकारका लागि ठूलो परीक्षा बन्नेछ ।अर्थमन्त्री रोलान्ड लेस्क्योरले सांसदहरूलाई सम्बोधन गर्दै यो आपतकालीन कानूनलाई ‘अतिरिक्त टायर’ जस्तै भएको बताए। उनले वास्तविक बजेट निर्माणका लागि छिटो काम गर्न आग्रह गर्दै लामो समयसम्म यस्ता अस्थायी उपायमा भर पर्नु ‘फ्रान्सेली अर्थतन्त्रलाई गम्भीर रूपमा कमजोर पार्ने जोखिम’ हुने चेतावनी दिए ।

राष्ट्रपति म्याक्रोन बजेट घाटालाई कुल गार्हस्थ उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म सीमित गर्न र लगानीकर्ताहरूको विश्वास पुनःस्थापित गर्न प्रयासरत  छन् । लामो समयदेखि जारी राजनीतिक गतिरोध र गत वर्ष उनले अचानक आमनिर्वाचन घोषणा गरेका हुन् ।  निर्णयपछि उत्पन्न अस्थिरताले अर्थतन्त्रमा दबाब बढाएको छ ।

फ्रान्समा उदार सामाजिक कल्याण कार्यक्रम, स्वास्थ्य सेवा र शिक्षामा आधारित सार्वजनिक खर्च अत्यन्तै उच्च छ । यस्ता खर्च धान्न करको भार पनि भारी छ, तर त्यसले सबै लागत पूर्ति गर्न नसक्ने अवस्था देखिँदै आएको छ । यसअघि राजीनामा दिएका प्रधानमन्त्री सेबास्टियन लेकोर्नु यस शरद ऋतुमा पुनः नियुक्त  भएका थिए । गत हप्ता सन् २०२६ को बजेटमा सहमति जुटाउने अघिल्लो प्रयास असफल भएपछि उनले मंगलबार सबै राजनीतिक पक्षलाई बिदाको समयमा समेत वार्तामा सक्रिय भएर काम गर्न आग्रह गरेका थिए  ।

संसद्ले एक प्रमुख स्वास्थ्य सेवा बजेट विधेयक संकीर्ण बहुमतले पारित गरेपछि लेकोर्नु नेतृत्वको अल्पसङ्ख्यक सरकारले यस महिनाको सुरुमै केही राहत पाएको थियो । तर त्यसका लागि राष्ट्रपति म्याक्रोनको प्रमुख पेन्सन सुधारलाई अस्थायी रूपमा निलम्बन गर्नु परेका थियाे । जसले सेवानिवृत्ति उमेर ६२ वर्षबाट ६४ वर्षमा पुर्‍याउने लक्ष्य राखेको थियो ।


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP