Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाली युद्धबन्दीको दक्षिणतर्फ आशा
उत्तर कोरियाली युद्धबन्दीको दक्षिणतर्फ आशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ९, २०८२

एएफपी- युक्रेनमा बन्दी बनाइएका दुई जना उत्तर कोरियाली युद्धबन्दीले दक्षिण कोरियामा ‘नयाँ जीवन’ सुरु गर्ने आशा व्यक्त गरेका छन् । एएफपीले बुधबार प्राप्त गरेको पत्रमा उनीहरूले दक्षिण कोरियाली जनताको समर्थनप्रति आभार व्यक्त गर्दै आफ्नो भविष्यप्रति सकारात्मक दृष्टिकोण राखेको उल्लेख गरिएको हाे ।

यसअघि आएका प्रतिवेदनहरूले युद्धको मैदानमा घाइते भएपछि जनवरी महिनादेखि किएभद्वारा बन्दी बनाइएका ती दुई सैनिकले दक्षिण कोरियातर्फ जान इच्छुक रहेको संकेत गरेका थिए । तर उक्त पत्रमार्फत उनीहरूले आफ्नै शब्दमा पहिलो पटक आफ्नो चाहना सार्वजनिक गरेका हुन् । अक्टोबरको अन्त्यतिर सियोलस्थित एक अधिकार समूहलाई लेखिएको पत्रमा उनीहरूले ‘दक्षिण कोरियाली जनताको समर्थनका लागि धन्यवाद । नयाँ सपना र आकांक्षाहरूले हाम्रो जीवनमा जरा गाड्न थालेका छन्’ भनी उल्लेख गरेका छन् । यो पत्र उक्त समूहले यसै हप्ता एएफपीसँग साझा गरेको छ ।

दक्षिण कोरियाली तथा पश्चिमी गुप्तचर निकायका अनुसार उत्तर कोरियाले युक्रेनमा रुसले झण्डै चार वर्षदेखि गरिरहेको आक्रमणलाई सहयोग गर्न हजारौँ सैनिक पठाएको छ । दक्षिण कोरियाको अनुमानमा तीमध्ये कम्तीमा ६०० जनाको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । विश्लेषकहरूका अनुसार उत्तर कोरियाले यस सैन्य सहयोगको बदलामा रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि साथै खाद्यान्न र ऊर्जा आपूर्ति प्राप्त गरिरहेको छ । दक्षिण कोरियाको गुप्तचर सेवाले उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न निर्देशन दिइएको दाबीसमेत गरेको छ ।

Hardik health

पत्रमा ती दुई युद्धबन्दीले आफूहरूको तर्फबाट पहल गरिदिने सबैप्रति धन्यवाद व्यक्त गर्दै ‘हाम्रो अवस्थालाई त्रासदीको रूपमा होइन, नयाँ जीवनको सुरुआतको रूपमा हेर्न प्रेरित गर्नुभएकोमा हामी आभारी छौँ’ भनी लेखेका छन् । उनीहरूले ‘हामी कहिल्यै एक्लै हुँदैनौँ भन्ने दृढ विश्वास छ । दक्षिण कोरियाका जनतालाई हामी आफ्ना आमाबुबा तथा दाजुभाइ-दिदीबहिनीसरह सम्झन्छौँ र उनीहरुलाई अँगाल्ने निर्णय गरेका छौँ’ भनी भावुक शब्दमा उल्लेख गरेका छन् । उक्त पत्रमा दुई जना सैनिकको हस्ताक्षर भए पनि उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै नाम सार्वजनिक नगरिदिन एएफपीलाई अनुरोध गरिएको छ ।

दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियामा जन्मिएका सबै कोरियालीलाई नागरिक मानिने व्यवस्था छ । सियोलले युक्रेनमा बन्दी बनाइएका कुनै पनि उत्तर कोरियाली सैनिकमा यो व्यवस्था लागू हुने स्पष्ट पारेको छ । उत्तर कोरियाली भगौडाहरूलाई सहयोग गर्दै आएको ग्योर–इओल नेशन युनाइटेड (जिएनयु) नामक अधिकार समूहले समन्वय गरिरहेको एक वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा यो पत्र पठाइएको छ। अन्तर्वार्ता किएभको एक गोप्य स्थानमा गरिएको थियो, जहाँ ती युद्धबन्दीलाई पक्राउपछि राखिएको छ ।

सन् २००० को दशकमा उत्तर कोरियाबाट पलायन भएका जिएनयु प्रमुख जाङ से-युलका अनुसार अन्तर्वार्ताका क्रममा ती दुई जनाले आफूहरूलाई दक्षिण कोरियामा पठाइदिन अनुरोध पनि गरेका छन् । उक्त भिडियो अझै सार्वजनिक गरिएको छैन तर अर्को महिना सार्वजनिक हुने अपेक्षा गरिएको उनले जानकारी दिए । फेब्रुअरी महिनामा युक्रेन भ्रमणका क्रममा ती युद्धबन्दीलाई भेट्नुभएका दक्षिण कोरियाली सांसद यु योङ-वोनले उनीहरूले घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेको बताएका थिए  । उनका अनुसार ती सैनिकलाई उत्तर कोरियामा फिर्ता पठाइनु भनेको ‘मृत्युदण्ड’ सरह हुनेछ ।

यसैबीच, दक्षिण कोरियाको विदेश मन्त्रालयले युक्रेन सरकारलाई उत्तर कोरियाली युद्धबन्दीहरूलाई उनीहरूको इच्छा विपरीत जबरजस्ती स्वदेश फिर्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले दक्षिण कोरिया जान चाहने उनीहरूको चाहनालाई सम्मान गर्न विशेष अनुरोधसमेत गरेको छ ।


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते
भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते बुधबार, पुस ९, २०८२
चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु
चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु बुधबार, पुस ९, २०८२
फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित
फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित बुधबार, पुस ९, २०८२
क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सर्यौँ विस्थापित
क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सर्यौँ विस्थापित बुधबार, पुस ९, २०८२
टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु
टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु बुधबार, पुस ९, २०८२
क्यानाडाको अर्थतन्त्रमा सुस्तता, अक्टोबरमा उत्पादनमा गिरावट
क्यानाडाको अर्थतन्त्रमा सुस्तता, अक्टोबरमा उत्पादनमा गिरावट बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP