Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाली युद्धबन्दीको दक्षिणतर्फ आशा
उत्तर कोरियाली युद्धबन्दीको दक्षिणतर्फ आशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ९, २०८२
Energy Drink Energy Drink

एएफपी- युक्रेनमा बन्दी बनाइएका दुई जना उत्तर कोरियाली युद्धबन्दीले दक्षिण कोरियामा ‘नयाँ जीवन’ सुरु गर्ने आशा व्यक्त गरेका छन् । एएफपीले बुधबार प्राप्त गरेको पत्रमा उनीहरूले दक्षिण कोरियाली जनताको समर्थनप्रति आभार व्यक्त गर्दै आफ्नो भविष्यप्रति सकारात्मक दृष्टिकोण राखेको उल्लेख गरिएको हाे ।

यसअघि आएका प्रतिवेदनहरूले युद्धको मैदानमा घाइते भएपछि जनवरी महिनादेखि किएभद्वारा बन्दी बनाइएका ती दुई सैनिकले दक्षिण कोरियातर्फ जान इच्छुक रहेको संकेत गरेका थिए । तर उक्त पत्रमार्फत उनीहरूले आफ्नै शब्दमा पहिलो पटक आफ्नो चाहना सार्वजनिक गरेका हुन् । अक्टोबरको अन्त्यतिर सियोलस्थित एक अधिकार समूहलाई लेखिएको पत्रमा उनीहरूले ‘दक्षिण कोरियाली जनताको समर्थनका लागि धन्यवाद । नयाँ सपना र आकांक्षाहरूले हाम्रो जीवनमा जरा गाड्न थालेका छन्’ भनी उल्लेख गरेका छन् । यो पत्र उक्त समूहले यसै हप्ता एएफपीसँग साझा गरेको छ ।

दक्षिण कोरियाली तथा पश्चिमी गुप्तचर निकायका अनुसार उत्तर कोरियाले युक्रेनमा रुसले झण्डै चार वर्षदेखि गरिरहेको आक्रमणलाई सहयोग गर्न हजारौँ सैनिक पठाएको छ । दक्षिण कोरियाको अनुमानमा तीमध्ये कम्तीमा ६०० जनाको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । विश्लेषकहरूका अनुसार उत्तर कोरियाले यस सैन्य सहयोगको बदलामा रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि साथै खाद्यान्न र ऊर्जा आपूर्ति प्राप्त गरिरहेको छ । दक्षिण कोरियाको गुप्तचर सेवाले उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न निर्देशन दिइएको दाबीसमेत गरेको छ ।

Ncell
Hardik health

पत्रमा ती दुई युद्धबन्दीले आफूहरूको तर्फबाट पहल गरिदिने सबैप्रति धन्यवाद व्यक्त गर्दै ‘हाम्रो अवस्थालाई त्रासदीको रूपमा होइन, नयाँ जीवनको सुरुआतको रूपमा हेर्न प्रेरित गर्नुभएकोमा हामी आभारी छौँ’ भनी लेखेका छन् । उनीहरूले ‘हामी कहिल्यै एक्लै हुँदैनौँ भन्ने दृढ विश्वास छ । दक्षिण कोरियाका जनतालाई हामी आफ्ना आमाबुबा तथा दाजुभाइ-दिदीबहिनीसरह सम्झन्छौँ र उनीहरुलाई अँगाल्ने निर्णय गरेका छौँ’ भनी भावुक शब्दमा उल्लेख गरेका छन् । उक्त पत्रमा दुई जना सैनिकको हस्ताक्षर भए पनि उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै नाम सार्वजनिक नगरिदिन एएफपीलाई अनुरोध गरिएको छ ।

दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियामा जन्मिएका सबै कोरियालीलाई नागरिक मानिने व्यवस्था छ । सियोलले युक्रेनमा बन्दी बनाइएका कुनै पनि उत्तर कोरियाली सैनिकमा यो व्यवस्था लागू हुने स्पष्ट पारेको छ । उत्तर कोरियाली भगौडाहरूलाई सहयोग गर्दै आएको ग्योर–इओल नेशन युनाइटेड (जिएनयु) नामक अधिकार समूहले समन्वय गरिरहेको एक वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा यो पत्र पठाइएको छ। अन्तर्वार्ता किएभको एक गोप्य स्थानमा गरिएको थियो, जहाँ ती युद्धबन्दीलाई पक्राउपछि राखिएको छ ।

सन् २००० को दशकमा उत्तर कोरियाबाट पलायन भएका जिएनयु प्रमुख जाङ से-युलका अनुसार अन्तर्वार्ताका क्रममा ती दुई जनाले आफूहरूलाई दक्षिण कोरियामा पठाइदिन अनुरोध पनि गरेका छन् । उक्त भिडियो अझै सार्वजनिक गरिएको छैन तर अर्को महिना सार्वजनिक हुने अपेक्षा गरिएको उनले जानकारी दिए । फेब्रुअरी महिनामा युक्रेन भ्रमणका क्रममा ती युद्धबन्दीलाई भेट्नुभएका दक्षिण कोरियाली सांसद यु योङ-वोनले उनीहरूले घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेको बताएका थिए  । उनका अनुसार ती सैनिकलाई उत्तर कोरियामा फिर्ता पठाइनु भनेको ‘मृत्युदण्ड’ सरह हुनेछ ।

यसैबीच, दक्षिण कोरियाको विदेश मन्त्रालयले युक्रेन सरकारलाई उत्तर कोरियाली युद्धबन्दीहरूलाई उनीहरूको इच्छा विपरीत जबरजस्ती स्वदेश फिर्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले दक्षिण कोरिया जान चाहने उनीहरूको चाहनालाई सम्मान गर्न विशेष अनुरोधसमेत गरेको छ ।


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP