Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • पाँच वर्षपछि म्यान्मामा निर्वाचन
पाँच वर्षपछि म्यान्मामा निर्वाचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ८, २०८२
Energy Drink Energy Drink

एएफपी- म्यान्मामा सैनिक जुन्ताले पाँच  वर्षपछि निर्वाचन गर्ने भएकाे छ ।  जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बीचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरेको हाे । 

जुन्ताले यस चुनावलाई प्रजातन्त्रतर्फ फर्किने कदमका रूपमा प्रस्तुत गरिरहेको भए पनि अन्तर्राष्ट्रिय समुदाय र प्रजातन्त्र समर्थकहरूले यसलाई कडा प्रतिबन्ध र दमनबीच गरिएको वैधानिकता खोज्ने प्रयासका रूपमा लिएका छन् । सन् २०२१ फेब्रुअरीमा सैनिक कू भएपछि दशकौँ लामो लोकतान्त्रिक अभ्यास समाप्त भएको थियो । त्यसबेला निर्वाचित नागरिक नेत्री आङ सान सुकी पदबाट हटेपिछको थियो र हाल उनी जेलमा छन् । उनको अत्यन्त लोकप्रिय नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी विघटन गरिएको छ । सुकीले भ्रष्टाचारदेखि कोभिड-१९ प्रतिबन्ध उल्लङ्घनसम्मका अभियोगमा २७ वर्षको सजाय भोगिरहनुभएको छ, जसलाई अधिकारकर्मीहरूले राजनीतिक रूपमा प्रेरित भनेका छन् ।

एक महिनासम्म चरणबद्ध रूपमा हुने मतदानलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अस्वीकार गरेका छन् । उनीहरूका अनुसार सैन्य समर्थक दलहरूले भरिएको मतपत्र, असहमतिमाथि कडा दमन र मार्सल ल को अवस्थालाई ‘नयाँ नाम’ दिएर प्रस्तुत गरिएको छ । करिब पाँच करोड जनसङ्ख्या भएको म्यान्मा गृहयुद्धले थिलथिलो बनेको छ र विद्रोही नियन्त्रणमा रहेका धेरै क्षेत्रमा मतदान नै नहुने जनाइएको छ ।

जुन्ता नियन्त्रणमा रहेका याङ्गुन, माण्डले र राजधानी नेपिडोका निर्वाचन क्षेत्रहरूमा आइतबार बिहानदेखि पहिलो चरणको मतदान सुरु हुने बताइएको छ । तर सर्वसाधारणमा उत्साह देखिएको छैन । उत्तरी सहर माइटकिनाका एक बासिन्दाले मतदान बहिष्कार गर्ने बताउँदै सेनाले बल प्रयोग गरेर लिएको सत्ता वैधानिक बनाउन खोजिरहेको आरोप लगाए । अर्का एक बासिन्दाले चुनावमा चासो कम भए पनि बेवास्ता गरेमा समस्यामा पर्न सकिने डर रहेको बताए ।

Ncell
Hardik health

जुन्ता प्रमुख मिन आङ ह्लाइङले एएफपीको अन्तर्वार्ता अनुरोधमा प्रतिक्रिया दिएकाे छैन् । तर सरकारी सञ्चारमाध्यममार्फत उनले चुनावलाई मेलमिलापको अवसरका रूपमा चित्रण गरेका छन्, यद्यपि नतिजापछि पनि सेनाले राजनीतिक नेतृत्वमा भूमिका खेलिरहने स्वीकार गरे  । वर्तमान संविधानअनुसार संसद्को २५ प्रतिशत सिट सेनाका लागि आरक्षित छन् ।

सन् २०२० को चुनावमा एनएलडीले ठूलो विजय हासिल गरेपछि व्यापक धाँधलीको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो । एसियन नेटवर्क फर फ्रि इलेक्सन्सका अनुसार सन् २०२० को चुनावमा सहभागी अधिकांश दलहरू अहिले विघटन भइसकेका छन् र करिब ९० प्रतिशत सिटहरू यसपटकको मतपत्रमा देखिँदैनन् । सैन्य समर्थक युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी सबैभन्दा ठूलो सहभागी बनेको छ ।

यस निर्वाचनमा नयाँ इलेक्ट्रोनिक मतदान मेसिन प्रयोग गरिँदैछ, जसले उम्मेदवार लेख्न वा मतपत्र बिगार्न अनुमति दिँदैन । साथै, मतदान अवरोध गरेको आरोपमा २०० भन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार करिब २२ हजार राजनीतिक बन्दी जुन्ताको जेलमा छन् ।

केही राजनीतिक समूहले भने द्वन्द्वमा फसेको देशका लागि मतदान नै एक मात्र बाटो भएको तर्क गरेका छन् । पिपुल्स पार्टीका नेता को को गीले चुनावपछि केही परिवर्तन आउने आशा व्यक्त गरेका छन् ।  सत्ता कब्जापछि सेनाले प्रजातन्त्र समर्थक आन्दोलनमाथि कडा दमन गरेपछि धेरै कार्यकर्ता जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँग मिलेर छापामार लडाइँमा लागेका छन् । जुन्ताले केही क्षेत्रमा मतदान हुन नसक्ने स्वीकार गरेको छ भने हवाई आक्रमणजस्ता कारबाही जारी राखेको छ । यस महिनाको पश्चिमी राखाइन राज्यको एक अस्पतालमा भएको हवाई आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय स्रोतहरूले बताएका छन् ।

गृहयुद्धका कारण हालसम्मको आधिकारिक मृतक सङ्ख्या सार्वजनिक गरिएको छैन । तर सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्थाका अनुसार सबै पक्षबाट करिब ९० हजार मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घले करिब ३६ लाख मानिस विस्थापित भएको र देशको आधा जनसङ्ख्या गरिबीमा बाँचिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि यी चुनावले म्यान्माको समस्या समाधानमा योगदान नपु¥याउने धारणा व्यक्त गर्नुभएको थियो । दोस्रो चरणको मतदान जनवरी ११ मा हुने जनाइएको छ भने तेस्रो तथा अन्तिम चरणको मिति अझै तय भएको छैन ।


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP