सिन्ह्वा- पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग-अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतंकवादी मारिएका पाकिस्तान सेनाले आइतबार जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार विभाग (आईएसपीआर) का अनुसार, डेरा इस्माइल खान जिल्लामा भएको गोलीबारीमा चार आतंकवादी मारिएका थिए भने बान्नु जिल्लामा भएको अर्को अपरेशनमा पाँच आतंकवादी मारिएका थिए । यी दुबै अपरेशन डिसेम्बर १९ गते सम्पन्न भएका थिए ।
आईएसपीआरले जारी गरेको विज्ञप्तिमा मारिएका आतंकवादीहरूसँग विभिन्न प्रकारका हतियार र गोला–बारूद बरामद गरिएको उल्लेख छ । ती आतंकवादीहरू सुरक्षा बल, कानुन प्रवर्तन निकाय र सर्वसाधारणमाथि आक्रमणमा संलग्न थिए । सुरक्षा बलहरूले बाँकी आतंकवादीहरूलाई निश्तेज पार्न र थप आक्रमण रोक्न क्षेत्रभरि सफाइ अपरेशनहरू जारी राखेका छन् ।