काठमाडाैं- सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । साेही क्रममा केही जेनजी आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
रविकिरण हमालसहितका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा निकोलस भुसाल लगायत पक्राउ परेका छन् । माइतीघरमा ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेकाे थियाे।
प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्। उनीहरूले १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका छन्।
ढुंगानाले आन्दोलनका क्रममा पक्राउ परेका युवामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने तथा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायतका माग अघि सार्दै आइतबारदेखि आन्दोलन घोषणा गरेका थिए।