एएफपी- अमेरिकाको सान फ्रान्सिस्कोमा शनिबार ठूलो मात्रामा विद्युत अवरोध भएको छ । शहरका करिब एक लाख ३० हजार घर र व्यवसायहरू अन्धकारमा परेका छन् ।
प्वासिफिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनीका अनुसार, विद्युत सेवा पुनः सुचारु गर्न आपतकालीन सेवा र शहरका अधिकारीहरूसँग समन्वय गर्दै काम भइरहेको छ ।
शहरका मेयर ड्यानियल ल्युरीले बासिन्दालाई अनावश्यक बाहिर नजान र घरमै बस्न आग्रह गरेका छन् । केही ट्राफिक सङ्केतकहरू काम नगरेको हुँदा प्रहरीले चोकहरूमा नियन्त्रणका लागि खटाइएको छ ।
विद्युत कटौतीको मुख्य कारण शहरको एक सबस्टेशनमा आगो लागेको हो । अझै पूर्ण रूपमा सेवा कहिले फर्कने निश्चित भएको छैन । यस घटनाका कारण पश्चिमी तटको प्रमुख प्रविधि केन्द्र अन्धकारमा परेको छ ।