काठमाडौं - विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा कर्मचारी, भक्तजन र स्थानीयवासीलगायतको सहभागितामा सम्पदा सफाइ अभियान सुरु गरिएको हो ।
यसक्रममा आज कोषका पदाधिकारी र कर्मचारीद्वारा विश्वरुपा र मृगस्थली क्षेत्रमा सफाइ गरिएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिए । सफाइका क्रममा त्यस क्षेत्रमा जम्मा भएका प्लास्टिकलगायत फोहर व्यवस्थापन गरिएको उनले सुनाए।
सफाइमा कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारी, भक्तजन र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।