Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२
Energy Drink Energy Drink

एपी- अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ । विशेष गरी दक्षिणपूर्व एसियामा आधारित आपराधिक सञ्जालहरूले विश्वभरका पीडितहरूबाट हरेक वर्ष अर्बौं डलर ठगी गरिरहेको पृष्ठभूमिमा यो कदमलाई महत्त्वपूर्ण मानिएको हाे ।

थाइल्यान्डको विदेश मामिला मन्त्रालय र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडिसी) को संयुक्त आयोजनामा बुधबार र बिहीबार बैंककमा सम्पन्न दुई दिने सम्मेलनको अन्त्यमा ‘अनलाइन घोटालाविरुद्ध ग्लोबल पार्टनरसिप’ नामक नयाँ पहल घोषणा गरिएको छ। सम्मेलनमा थाइल्यान्ड, बंगलादेश, नेपाल, पेरु र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरू सहभागी थिए ।

थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उद्घाटन सम्बोधनमा अनलाइन घोटालाले ‘गहिरो र साझा कमजोरी उजागर गरेको’ उल्लेख गर्दै भने, “यो यस्तो समस्या हो, जुन कुनै पनि देशले एक्लै समाधान गर्न सक्दैन ।” उनका अनुसार यसविरुद्ध सामूहिक प्रतिबद्धता र सीमापार सहकार्य अपरिहार्य छ । सम्मेलनका क्रममा सहभागी राष्ट्रहरूले राजनीतिक प्रतिबद्धता, कानून प्रवर्तन संयन्त्र सुदृढीकरण, पीडितको संरक्षण, जनचेतना अभिवृद्धि तथा सीमापार सहयोगलाई समेट्ने साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस पहलमा निजी क्षेत्रको पनि उल्लेखनीय सहभागिता देखिएको छ । इन्टरनेट कम्पनीहरू मेटा र टिकटकले सम्मेलनलाई सहयोग गरेका थिए ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले अनलाइन घोटाला रोक्न प्रयोग भइरहेका स्क्याम नेटवर्क पहिचान प्रणाली र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोटोकलहरूको विवरण समेटिएको धम्की मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरेको थियो । यसले सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रणमा प्रविधिको बढ्दो प्रयोगलाई देखाएको छ ।

Ncell
Hardik health

छोटो भिडियोमा केन्द्रित विश्वका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक टिकटकले सम्मेलनको समापन वक्तव्यमा हस्ताक्षर गर्दै साझेदारीको पहिलो निजी क्षेत्रका सदस्यहरूमध्ये एक बनेको छ । टिकटकले यही साता अमेरिकामा नयाँ संयुक्त उद्यम गठन गर्न प्रमुख लगानीकर्ताहरूसँग सम्झौतामा हस्ताक्षर गरेको जानकारी पनि दिएको छ । यद्यपि, चिनियाँ स्वामित्वका कारण टिकटकले अमेरिका, युरोपेली संघ (इयु) र क्यानाडाजस्ता देशहरूमा पारदर्शिता, डाटा सुरक्षा र बाल संरक्षणसम्बन्धी चुनौतीहरू भोग्दै आएको छ ।

नक्कली लगानी योजना र झुटा प्रेम सम्बन्धको प्रयोग गरी पैसा ठग्ने स्क्याम सेन्टरहरू दक्षिणपूर्व एसियाका विभिन्न देशमा फैलिएका छन् । युएनओडिसीको अनुमानअनुसार सन् २०२३ मा मात्र अनलाइन घोटालाका पीडितहरूले १८ अर्बदेखि ३७ अर्ब अमेरिकी डलरसम्म गुमाएका थिए । बैंकक सम्मेलनमा करिब ६० देशका ३०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए । छलफलका क्रममा सरकारी संयन्त्रसँगै निजी क्षेत्रको साझेदारी अत्यन्तै महत्त्वपूर्ण रहेकोमा जोड दिइयो । हालै टिकटकमा आबद्ध भएका ग्लोबल एन्टी-स्क्याम एलायन्सका एसिया-प्यासिफिक निर्देशक ब्रायन हान्लीले भने, “सबै प्रमुख सरोकारवाला एउटै टेबलमा नआएसम्म आपराधिक सञ्जालसँग प्रभावकारी रूपमा लड्न सकिँदैन ।”

उनका अनुसार घोटालाहरूले अन्तर्राष्ट्रिय सीमामात्र नभई, बैंक, दूरसञ्चार कम्पनी र सामाजिक सञ्जालजस्ता विभिन्न प्लेटफर्मबीचका कमजोरी पनि दुरुपयोग गरिरहेका छन् । उनले आशा व्यक्त गर्दै भने, “आज टिकटक सहभागी भएको छ, भोलि अरू सबै पनि सामेल हुनेछन् भन्ने अपेक्षा छ, किनकि यसले उपभोक्ताको विश्वास र व्यवसाय दुवैलाई असर गरिरहेको छ ।”

हालै म्यान्मामा घोटाला केन्द्रहरूमा गरिएको छापा, थाइल्यान्डमा पीडितहरूको उद्धार तथा कम्बोडियामा जबर्जस्ती घोटाला काममा लगाइएका एक दक्षिण कोरियाली विद्यार्थीको मृत्युजस्ता घटनाले क्षेत्रीय स्तरमा कडा कदम चाल्नुपर्ने दबाब बढाएको छ । कम्बोडिया घोटाला कम्पाउन्डको केन्द्र मानिए पनि हाल दुई देशबीचको तनावका कारण सो देश सम्मेलनमा सहभागी थिएन ।

यसअघि पनि दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का सदस्यहरूले अनलाइन घोटालाविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाइसकेका छन् । साथै, साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमा अक्टोबरमा भियतनाममा ७० भन्दा बढी देशले हस्ताक्षर गरेका थिए । संयुक्त राष्ट्रसंघीका महासचिव एन्टोनियो गुटेरेसले उक्त महासन्धिलाई ‘कुनै पनि देश साइबर अपराधविरुद्ध असहाय नहुने प्रतिबद्धता’ का रूपमा वर्णन गरेका छन्।
 


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP