Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

प्रमुख राजनीतिक दलहरु, विशेषगरी नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचनमा जान तयार छैनन् । एमालेले खुलेरै निर्वाचन नहुने बताउँदै आए पनि कांग्रेसले दोहोरो भूमिका खेलिरहेको छ । कांग्रेस एकतर्फ निर्वाचनमा सहभागी हुने भन्ने अर्कोतिर प्रतिनिधिसभा पुनस्र्थापनाका लागि एमालेकै पछिपछि लागेर सर्वोच्चमा रिट दायर गर्ने कार्यमा अग्रसर छ ।

यस्तो परिस्थितिका कारण आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमाथि संशय उत्पन्न भएको छ । सरकार निर्वाचन गराइछाड्ने अडानका साथ तयारीमा लागेको भए पनि प्रमुख दलहरुको सहभागिताविना त्यो सम्भाव देखिँदैन ।यद्यपि, निर्वाचन आयोगले चुनावी तयारीलाई तीव्रता दिएको छ । निर्वाचनको कार्यतालिकाअनुसार आयोगले काम गरिरहेको छ । यहीबीच आयोगले चुनावका लागि आचारसंहिताको तयारीसमेत गरिरहेको छ । आचारसंहितामा आयोगले केही नयाँ प्रस्तावसमेत समेटेको छ । चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग गर्न नदिनेगरी आयोगले नयाँ प्रस्ताव गरेको हो । प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरिएको छ ।

आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन–चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख गरेको छ ।

Hardik health

प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिह्न प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिह्न भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ । यसैगरी निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समकर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन । चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था गर्न लागिएको छ । अनलाइन, वेबपेज, टिभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम, काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारबारेमा कुनै पनि प्रचारप्रसार गराउन पाइने छैन ।

तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेबपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने पाउने प्रस्ताव गरिएको छ । निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्यका साथ प्रस्ताव गरिएको आचारसंहिता स्वागतयोग्य देखिन्छ । निर्वाचन प्रचारको नाममा हुने भड्किलो र अमर्यादित गतिविधि रोक्न यसले प्रभावकारी भूमिका खेल्नसक्छ । त्यसैले यसलाई कार्यान्वयनमा ल्याउनेगरी आयोगले काम गर्नु आवश्यक छ । 
 


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम बिहीबार, पुस ३, २०८२
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो बुधबार, पुस २, २०८२
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस्
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस् मंगलबार, पुस १, २०८२
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी सोमबार, मंसिर २९, २०८२
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन आइतबार, मंसिर २८, २०८२
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP