Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • डोपिङ सूचीमा भारत फेरि पहिलो
डोपिङ सूचीमा भारत फेरि पहिलो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ३, २०८२
Energy Drink Energy Drink

नयाँदिल्ली- विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) ले लगातार तेस्रो वर्ष भारतलाई विश्वव्यापी खेलकुद डोपिङ ठगीको सूचीमा सबैभन्दा खराब प्रदर्शन गर्ने देशका रूपमा घोषणा गरेको छ । वाडाले यसलाई भारतका लागि ‘सन्देहास्पद ह्याट्रिक’ को संज्ञा दिँदै गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय निगरानी निकाय वाडाले मङ्गलबार राति सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार भारतको नेसनल एन्टी–डोपिङ एजेन्सी (नाडा) ले सन् २०२४ मा पिसाब र रगतका गरी सात हजार ११३ नमूना संकलन गरेको थियो । तीमध्ये २६० नमूना डोपिङका लागि पोजिटिभ देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने तयारीमा रहेको भारतका लागि यी निष्कर्षहरू ठूलो झट्काका रूपमा आएको छ । उक्त प्रतियोगिता सन् २०३६ को ओलम्पिक आयोजना गर्ने भारतको दीर्घकालीन महत्त्वाकांक्षातर्फको एक महत्त्वपूर्ण पाइला मानिन्छ । प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै डोपिङ घटना एथलेटिक्समा देखिएका छन्, जहाँ ७६ खेलाडी पोजिटिभ फेला परेका थिए । त्यसपछि भारोत्तोलनमा ४३ र कुस्तीमा २९ डोपिङका घटना देखिएका छन् । यसै वर्ष जुलाईमा अन्डर–२३ कुस्ती च्याम्पियन तथा पेरिस ओलम्पिक क्वार्टरफाइनलिस्ट रितिका हुडाले डोपिङ परीक्षणमा सकारात्मक नतिजा देखाएपछि उहाँलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो ।

Ncell
Hardik health

त्यस्तै, यस महिनाको सुरुमा भारतमा आयोजना भएको युनिभर्सिटी गेम्सका क्रममा डोपिङ विरोधी अधिकारीहरूको कडा निगरानीका कारण केही खेलाडी भागेपछि केही ट्र्याक एन्ड फिल्ड प्रतियोगितामा एक जना मात्र खेलाडी प्रतिस्पर्धामा उत्रिएको रिपोर्टहरू पनि सार्वजनिक भएका थिए । एक अर्ब ४० करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत सन् २०२२ र २०२३ मा पनि डोपिङ ठगीको सूचीमा पहिलो स्थानमा रहेको थियो, जसले यो समस्या दीर्घकालीन रहेको देखाउँछ ।

वाडाको प्रतिवेदनअनुसार सन् २०२४ मा फ्रान्स ९१ वटा सकारात्मक मामिलासहित सूचीमा अर्को उच्च स्थानमा रहेको छ भने इटाली ८५ मामिलासहित तेस्रो स्थानमा छ । रुस र संयुक्त राज्य अमेरिका दुवै ७६–७६ मामिलासहित त्यसपछि रहेका छन् । जर्मनीमा ५४ र चीनमा ४३ डोपिङका घटना दर्ता भएका छन् ।

 प्रतिवेदन सार्वजनिक भएपछि नाडा भारतले डोपिङविरुद्धको आफ्नो अभियानको बचाउ गरेको छ । नाडाले बुधबार जारी गरेको विज्ञप्तिमा स्पष्ट पार्दै भनेको छ, “हालका वर्षहरूमा भारतले आफ्नो एन्टी–डोपिङ ढाँचामा उल्लेखनीय सुदृढीकरण गरेको छ ।” नाडाका अनुसार परीक्षणको सङ्ख्या मात्र बढाइएको छैन, खेलकुदमा डोपिङको जोखिम न्यूनीकरण गर्न शिक्षा र जनचेतनामा पनि विशेष जोड दिइएको छ । नाडाले यसै वर्ष डिसेम्बर १६ सम्म सात हजार ६८ परीक्षण सम्पन्न भएको र तीमध्ये ११० नमूना पोजिटिभ देखिएको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले भारतमा प्रदर्शन बढाउने औषधिहरूको व्यापक प्रयोगप्रति चिन्ता व्यक्त गर्दै देशलाई आफ्नो आन्तरिक व्यवस्थापन सुधार गर्न आग्रह गरेको केही महिनापछि वाडाको यो प्रतिवेदन सार्वजनिक भएको हो । आइओसीले भारतको खराब डोपिङ रेकर्डलाई गम्भीर रूपमा लिएको संकेत दिएपछि भारतीय ओलम्पिक सङ्घले गत अगस्टमा नयाँ एन्टी–डोपिङ प्यानल गठन गरेको थियो ।यसका साथै भारत सरकारले खेलकुद क्षेत्रमा कडाइका साथ नियम कार्यान्वयन गर्न, परीक्षण पूर्वाधार विस्तार गर्न तथा ‘खेलकुदको अखण्डताको उच्च मापदण्ड सुनिश्चित गर्न’ नयाँ राष्ट्रिय डोपिङ विरोधी विधेयक पनि पारित गरिसकेको छ ।


प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP