Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • कतार नेपालबाट पठाइयाे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती
कतार नेपालबाट पठाइयाे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ३, २०८२

लुम्बिनी- नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई वटा हात्ती बुधबार कतार पठाइएको छ । चितवन सौराहाबाट सोमबार खोरसहितको ट्रक चढाएर भैरहवा ल्याइएका दुईवटा हात्तीलाई आज कतार एयरवेजको कार्गो चार्टर विमानबाट कतार पठाइएको हो । 

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर कार्गो जहाजबाट बुधबार दिउँसो ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट पठाइएको हो । यसअघि विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार ती हात्ती पठाइएको हो । 

चितवनस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती कतारलाई दिन छनोट गरिएको थियो । सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएकामध्ये पोथी हात्ती रूद्रकली ७ वर्षकी र भाले हात्ती खगेन्द्रप्रसाद ५ वर्षका थिए । 

Hardik health

कतार सरकारलाई उपहारस्वरूप दिने घोषणा गरिएका दुबै हात्तीलाई आज भैरहवा विमानस्थलमा कतार सरकारलाई हस्तान्तरण गरिएको थियो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाइ गरिएको थियो । आज साँझ ५ बजेट हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवाबाट उडेको थियो ।

वन्यजन्तुसम्बन्धी अन्तरराष्ट्रिय कानुन एवं नेपालको प्रचलित कानुन बमोजिमको साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी विमानस्थलबाट विशेष कार्गो विमानबाट कतारको राजधानी दोहा पठाइएको हो । बिहीबार कतारको राष्ट्रिय दिवस पनि हो ।

यस उपहारले नेपाल र कतारबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ ।  कतार उड्नु अघि विमानस्थल कार्यालयमा नेपाल सरकारका अधिकारी र नेपालस्थित कतार दूतावासका अधिकारीको उपस्थितिमा हात्ती हस्तान्तरण गरिएको थियो । नेपाल सरकार वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कतार दूतावासका डेपुटी चिफ अफ मिसन खालिफा अल्मारीलाई हात्ती हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा सचिव मिश्रले नेपालले कतारलाई हात्ती उपहार दिनुले कूटनीतिकसम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरे ।  कतार दूतावासका डेपुटी चिफ अफ मिसन अल्मारीले नेपालले कतारलाई हात्ती उपहार दिएकोमा खुसी ब्यक्त गर्दै नेपाललाई धन्यवाद दिए । 


प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:०४
#खगेन्द्रप्रसाद र रुद्रकली
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP