Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • स्रोतको अभावमा भवनको मर्मत गर्न समस्या
स्रोतको अभावमा भवनको मर्मत गर्न समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २, २०८२

सुदूरपश्चिम - जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको छ । पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको हो ।

कम क्षति पुगेका भवनका कोठाको मर्मत र रङ्गरोगनको काम गरेर मन्त्रालय तथा अन्य कार्यालयले नियमित काम भने पहिले नै सुरु गरिसकेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नवराज ओझाले प्रचलित नियम र प्रक्रियाभित्र रहेर मर्मतसम्भारको काम गर्नुपर्ने र बजेट पनि पर्याप्त नभएकोले क्षति पुगेका संरचनाको मर्मत सम्भार गर्न सकस भइरहेको बताए । 

 “बस्न मिल्ने कोठाको सरसफाई र समान्य मर्मत गरेर जसोतसो काम चलाइरहेका छौँ” उनले भने, “चालु वर्षको बजेटमा मर्मत सम्भार शीर्षकमा छुट्याइएको बजेट निकै कम छ, तर आन्दोलनमा पुगेको क्षतिको मूल्याङ्कन निकै बढी भएकोले पर्याप्त बजेट अभावमा समयमै मर्मत गर्न ढिलाइ भएको छ ।”  भवन संरचनाको मर्मत सम्भारका लागि प्रदेशका मन्त्रालय तथा कार्यालयले चालु वर्षको बजेट रकमलाई रकमान्तर गर्नका लागि आर्थिक मामिला मन्त्रालयमा पत्राचार गरेको बताइएको छ । 

Hardik health

जेनजी घटनापछिको परिस्थितिमा खर्च कटौती गरेर मितव्ययी ढङ्गले जानुपर्ने परिपत्र नेपाल सरकारले प्रदेश सरकारलाई गरेको थियो । घटना लगत्तै प्रदेश सरकारले पनि रु १० लाखभन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने, प्रदेश सरकार मातहतका निकायबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्त समितिमार्फत् कार्यान्वयन नगर्ने नगराउने, बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठितर्फ विनियोजित बजेटको ५० प्रतिशत कटौति गर्नेलगायतका निर्णय गरेको थियो ।

आगजनी र तोडफोडका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, मातहतका विभिन्न कार्यालय, प्रदेशसभा सचिवालयलगायतका भवनका धेरै कोठा बस्न नमिल्ने गरी क्षति पुगेको छ ।  सुदूरपश्चिम प्रदेशसभाको भवनमा क्षतिपुगेपछि लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेशसभा सचिवालय, विधायन शाखाका प्रमुख भूरीप्रकाश जोशीले मर्मतका लागि पर्याप्त बजेट स्रोतको अभाव रहेको र भएको बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा मर्मत सम्भारमा ढिलाइ भइरहेको बताए   । 

यद्यपी प्रदेशसभाको भवनलाई बस्न मिल्नेगरी मर्मत गरेर प्रदेशसभाको बैठक यही पुस महिनाभित्र सुचारु गर्न पहल भइरहेको छ । आगजनी र तोडफोडबाट क्षति पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय अर्को भवनमा सारिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा क्षति पुगेका कोठाको मर्मत एवं रङ्गरोगन गरेर काम चलाइएको छ । 

सङ्घीय सरकार मातहतका जिल्ला प्रशासन कार्यालय, भन्सार, आन्तरिक राजश्व, लगायतका कार्यालयले क्षति पुगेका कोठाको समान्य मर्मत गरेर सेवा प्रवाह सुरु गरिसकेका थिए । ठूलो क्षति पुगेका भवन संरचनाको मर्मत सम्भारमा भने अझैँ हुन सकेको छैन ।  जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडबाट कैलाली जिल्लामा सङ्घीय सरकार मातहतका २१ भवनमा क्षति पुगेको थियो । क्षतिपुगेर प्रयोग गर्न नमिल्ने अवस्थाका कतिपय भवनका कोठामा रातो स्टिकर टाँस गरिएको छ । 

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका वरिष्ठ इन्जिनीयर झङ्कर थापाले भन्नुभयो, “सङ्घीय सरकार मातहतका २१ भवनमा क्षति पुगेको छ, क्षति पुगेका कतिपय भवनका कोठा प्रयोग गर्न नमिल्ने देखिएकोले ‘आंशिक रेड स्टिकर’ टाँस गरेका छौँ ।” जेनजी प्रदर्शनका क्रममा कैलाली जिल्लामा सरकारी कार्यालय, राजनैतिक दलका कार्यालय, निजी घरसमेत १३७ भवनमा आगजनी र तोडफोड भएको थियो । ६६४ सवारी साधन नष्ट भएका थिए ।


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP